अगुवा कार्यकता प्रशिक्षण

अगुवा कार्यकता प्रशिक्षण

ज्वाला सन्देश सम्वाददाता
दैलेख । जेठ २८ गते, नेकपा एमाले दैलेखले शुक्रवार सदरमुकाममा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएकोछ । उक्त कार्यक्रममा वोल्दै नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्टले समाज परिवर्तन भएको अवस्थामा मात्र राजनिती गरेको सार्थकता हुने वताए । समाजमा रहेका विकृति, विसंगति र विभेदको निराकरण हुन नसकेको अवस्थामा राजनिती गर्नुको अर्थ नहुने वताउदै एमाले नेता विष्टले सवै नेता कार्यकर्ताहरुले अव समाज परिवर्तनको अभियानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । UMLअगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा वोल्दै नेता विष्टले अहिलेको संविधानले जनताका आधारभुत समस्या र आवश्यकतालाई विशेष रुपमा समेटेकोले संविधानको कार्यान्वयनसंगै एमालेलाई जनताको माझमा अझ स्थापित गर्न कार्यकर्ताहरुको लागि अवसर भएको वताएका छन् । हिमाल,पहाड र तराईसहित विभिन्न जातजाती, भेषभुषाको विविधता भएको नेपालमा जारी संविधानले समस्याको रुपमा नभई विशेषताको रुपमा समेटेकोले सामाजिक विखण्डन गर्न खोजीएको प्रयासलाई एमालेका कार्यकर्ताले निरुत्साहित गर्न अगाडी वढ्ने समय आएको स्पष्ट पारेका थिए । समानुपातिक र समावेशी सिद्धान्तको आधारमा जारी गरीएको अहिलेको संविधान पुर्णरुपमा जनमुखी नभएको भएपनि विश्वको तुलनामा लोकतन्त्रलाई स्थापित गर्न सफल भएको नेता विष्टको भनाई रहेको थियो । एमाले नेता विष्टले राजनिती सिमित व्यक्तिको स्वार्थको लागि हजारौ जनताको उन्माद हुन नहुने भन्दै हामीले कसरी राजनिती गरीरहेका छौ भन्ने वारे नेता कार्यकर्ताले आफैलाई प्रश्न गर्ने वेला आएको वताएका थिए । उनले अहिलेको वजेट सामाजिक न्यायको सिद्धान्तमा आधारीत भएकोले नेपाली जनताको आस्था एमालेप्रति झन वढेर गएको समेत कुरा प्रशिक्षणमा राखेका थिए । अगुवा कार्यकर्ता प्रशिक्षणमा एमालेका पोलिट्व्युरो सदस्य तथा भेरी अंचल ईन्चार्ज यामलाल कंडेल,वैकल्पिक केन्द्रिय सदस्यद्धय लक्ष्मी पोखरेल,राजवहादुर वुढा,सांसदद्धय अमरवहादुर थापा र तुलाराज विष्टले पनि पार्टीको धारणा,संगठन सुदृढिकरण र विकास निर्माणमा एमालेको भुमिका विषयमा समेत अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया