को छन् एमाले सांसदका पिएहरु (सांसद र पिएहरुको नाम फोन नं.सहित)

को छन् एमाले सांसदका पिएहरु (सांसद र पिएहरुको नाम फोन नं.सहित)

काठमाडौँ ।

मान्छेलाई सफल–असफल बनाउन सहयोगीको हात अनिवार्य हुन्छ । अझ राजनीतिज्ञहरुका लागि त सहयोगी अनिवार्य नै हुन्छ । कतिपय अवस्थामा सहयोगी असफल हुनु भनेको राजनीतिज्ञ असफल हुनु हो ।

नेपालमा मात्र होइन अहिले विश्वमै चर्चित राजनीतिज्ञ, व्यवसायी, कलाकारले सहयोगी राख्ने गरेका छन् । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने पनि चर्चित व्यक्तिहरुले सहयोगी राख्ने चलन छ । अझ सांसद् वा मन्त्रीको त अनिवार्य सहयोगी राख्ने नै चलन छ । झट्ट हेर्दा सहयोगीलाई पीए भनेर सम्वोधन गरिन्छ । शब्द सुन्दा त्यति मिठासपूर्ण नभए पनि उनीहरुको जिम्मेवारी भने निकै महत्वपूर्ण मानिन्छ । सहयोगी (पीए) भनेर चिनिने खास अर्थ कुनै खास व्यक्तिको अघि–पछि गर्ने र अप्ठ्यारोमा सहगोग गर्ने भनेर बुझिन्छ । खास गरी नेता वा सांसदहरुलाई भेटन र आफ्ना कुराहरु नेता÷सांसदसंग पु¥याउन पनि पहिलो माध्यम भनेको पीए नै हुन्छन् । तर, त्यसरी नेताका सहयोगी बन्ने र दिन–रात खट्ने निजी सचिवहरु कसरी चल्छन ? क–कस्ता व्यक्तिले कस्ता व्यक्तिलाई निजी सचिव राख्छन् । निजी सचिवको काम र अधिकार के–हो ? यो बारेमा अहिले पनि परिभाषित जिम्मेवारी छैन । मन लाग्दा आफ्ना भाई, छोरा, साली, साला वा नजिकका व्यक्तिलाई पीए तोक्ने र आफुखशी तलब दिने पनि चलन छ । सांसदहरुका पीएले अनिबार्य रुपमा अधिकृत सो–सरहको तलब पाउनु पर्ने ब्यवस्था छ । तर, नेपालमा त्यो तलब पाउने पीएको संख्या निकै कम छ । पछिल्लो समय पीएहरु पनि आफ्नो पहिचान र अधिकार खोज्न संगठित हुन थालेका छन् ।

केहि हप्ता अघि मात्र एमाले सांसदका पीएहरु संगठित भए । उनीहरुले आफ्नो हक–अधिकार सुरक्षित गर्न अगाडि बढेको दाबी पनि गरेका छन् । पीएहरु को–को छन र कति तलव सेवा सुविधा पाउँछन भन्ने कुरा स्वयम धेरै पीएहरु नै अनविज्ञ छन । त्यस्तो कुराको अन्त्यका लागि पनि संगठिन हुनुपर्ने महशुस उनीहरुले गरेका छन् । शाखा अधिकृतको सेवा सुविधा पाउने सांसदका पीएको तलव हालको प्रचलित कानुन अनुसार ३० हजार वरावर हुन्छ। सांसद स्वयमले तलव बुझेर बाढँने प्रावधान भएकाले अधिकांश सांसदहरुले त सबै खल्तीमा हाल्ने र अलिअलि मात्र दिने पीडा पनि पीएहरुसँग छ । यस्तो अबस्थाको अन्त्यका लागि संगठित भएका एमालेका पीएहरुको सूची मेगा न्युज अनलाईनेले फेला पारेको छ । आगामी दिनमा अरु दलका पीएको पनि खोजिनीति मेगा न्युजले गर्ने छ ।

यो नामावली एमाले सांसदहरुले संसद सचिवालयमा बुझाए अनुसार हो । यो नामावली सांसद सचिवालयबाट लिईएको हो ।

Untitled-1 copy

साभार ः मेगा न्युज अनलाइन

प्रतिक्रिया