मन्त्रिमण्डल हेरफेर : पहिलो शिकार गृहमन्त्री बस्नेत !

मन्त्रिमण्डल हेरफेर : पहिलो शिकार गृहमन्त्री बस्नेत !

काठमाडौं, २६ असार । सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रवीच मन्त्रिमण्डल विस्तार गर्ने विषयलाई लिएर सहमति बनेको छ ।

माओवादी केन्द्रले पछिल्लो समय राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने अडानका साथ अभियान छेडेको थियो, तर उसको चाहना सफल नभएपछि हाललाई आएर माओवादी प्रधानमन्त्री केपी शर्मा ओलीले भनेझैं मन्त्रिमण्डल हेरफेर गर्ने तयारीका साथ प्रक्रिया थालेको छ ।

माओवादीबाट हेरफेर गर्ने मन्त्रीको नाममा गृहमन्त्री शक्ति बहादुर बस्नेत पहिलो शिकार बन्ने भएका छन् । प्रचण्डले उनको कार्यशैलीवारे पार्टीभित्रै व्यापक आलोचना भएको भन्दै मन्त्री बस्नेतलाई तत्काल फिर्ता बोलाउनेवारे प्रधानमन्त्री ओलीलाई सन्देश पठाईसकेका छन् ।

पारिवारिक स्वार्थ हावी

मन्त्री बस्नेतलाई पार्टीभित्रैबाटै पारिवारिक दबाबमा फसेर आम कार्यकर्ता पंक्तिको कुरा नसुनी व्यक्तिगत स्वार्थ पूरा गर्ने अभियानमा लागेको संघीन आरोप लागेको छ । माओवादी केन्द्रको हालै बसेको पोलिटव्यूरो बैठकमा त प्रभावशाली नेता गोपाल किराँतीले मन्त्री बस्नेतवारे सार्वजनिक रुपमै घिनलाग्दो आरोप लगाएका थिए ।

ईतिहासकै भ्रष्ट मन्त्री : किराँती

स्रोतका अनुसार किराँतीले मन्त्री बस्नेतलाई कमिशनखोर र भ्रष्टाचारीको चँगुलमा फसेको आरोप लगाएका थिए । उनले बैठकमा भनेको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘शक्ति बस्नेत निकम्मा अनि भ्रष्ट मन्त्री हो, आजसम्मको ईतिहासमा उनलाई जित्ने अर्को कुनै भ्रष्ट मन्त्री पाईदैन ।’ नेता किराँतीले मन्त्री बस्नेतले सरुवा बढुवामा समेत पैसा खाने गरेको आरोप लगाएका थिए ।

शक्तिको ठाउँमा जनार्दन शर्मा नयाँ गृहमन्त्री

अध्यक्ष प्रचण्डले समेत यतिवेला शक्ति बस्नेतलाई फिर्ता बोलाएर अर्का नेता तथा संसदको सार्वजनिक लेखा समितिका सभापति शर्मालाई गृहमन्त्री बनाउने गृहकार्य गरिसकेका छन् । शर्मालाई गृहमन्त्री बनाउने होमवर्कमा पार्टीभित्रका लामो पँतिmले अध्यक्ष दाहाललाई सघाइरहेको स्रोतको दावी छ ।

आजै बसेको माओवादी केन्द्रको सचिवालय बैठकमा समेत मन्त्री बस्नेतको आलोचनाले अधिकांश समय लिएको थियो । उनले माओवादी कार्यकर्ताको भावना बमोजिम काम नगरी फाईदा र व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर काम गरेको धेरै नेताहरुको गुनासो छ ।

साभार ः रिपाेर्टस नेपाल

प्रतिक्रिया