देशको ऐतिहासिक अभिभारा पूरा गर्न प्रचण्डको नेतृत्व आवश्यकः एकता मञ्च

देशको ऐतिहासिक अभिभारा पूरा गर्न प्रचण्डको नेतृत्व आवश्यकः एकता मञ्च

शेरबहादुर थापा

बैँगलोर, १० साउन । अखिल भारत नेपाली एकता मञ्च दक्षिण पूर्व भारत क्षेत्रीय समितिको छैटौं सम्मेलन घोषणा सभा कर्नाटक राज्यको वेंगलोरस्थित विधान सभा अगाडी कब्बन पार्क, कर्नाटका सरकारी सचिवालय क्लब हलमा गत आइतबार सम्पन्न भएको छ ।

india-maoमोहन बमको अध्यक्षतामा सम्पन्न घोषणा सभामा प्रमुख अतिथि मन्चका केन्द्रीय समिति अध्यक्ष ईश्वरी भण्डारी रहनुभएको थियो । सभालाई संबोधन गर्दै प्रमुख अतिथी भण्डारीले संविधान कार्यान्वयन, भूकम्पबाट ध्वस्त भएको देश पुर्निर्माण, शान्ति प्रक्रिया टुंग्याउने, संविधानमा रहेका असन्तुष्टिहरुलाई संबोधन गर्ने, लगायतका ऐतिहासिक अभिभारा पूरा गरी देशको रक्षा गर्ने जिम्मेवारी क्रांतिकारीहरुको कांधमा आएको बताउदैँ यो अवस्थामा माओवादी पार्टी र अध्यक्ष प्रचण्डले लिनु भएको राजनैतिक पहल ऐतिहासिक रहेको दाबी गरे ।

उनले आगामी दिनमा माओवादी केन्द्रले मात्रै नेपाललाई समृद्व बनाउन सक्ने दाबी समेत गरेका छन् । उक्त कार्यक्रममा अतिथिहरु केन्द्रीय समिति सचिव सुरेन्द्र देवकर, केन्द्रीय सदस्य विना शर्मा, मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका सचिव प्रेम पौडेल, नेपाली जनसमाज भारतका देवराज थापाले बधाई मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा सहभागी अन्य अतिथिहरुमा केन्द्रीय सचिवालय सदस्यहरु ऐन बहादुर रावल, गिरीधारी सुवेदी, लिलाधर खनाल, जयलाल विक, केन्द्रीय सदस्यहरु राधा सुवेदी, अमर विक, दमन विक, विना खनाल, कमला थापा, जगत अधिकारी, राकेश ओड, विक्रम न्यौपाने, केन्द्रीय सल्लाहकार हेमलाल शर्मा, जनआक्रोश सांस्कृतीक परिवारका नृत्य निर्देशक नरेन्द्र देवकर लगायत थिए ।

अतिथी एवं महांसचिव चक्र बहादुरले घोषणा गर्नु भएको नवनिर्वाचित समितिको अध्यक्षमा मोहन बम चयन भएकाछन । यसैगरि समितिमा उपाध्यक्ष कुबेर ऐडी, डम्बर ठगुन्ना, थान बहादुर क्षेत्री, सचिव दिपक विक, सहसचिव नारायण खनाल, हरि आग्री, कोषाध्यक्ष राधा सेट्टी, सचिवालय सदस्यहरु नन्दलाल सेट्टी, मान बहादुर साउंद, गणेश अधिकारी, मकर एस. के., गगन रावल, सुरेश ओड, संगिता सुवेदी तथा सदस्यहरु चुडामणी थापा, केशर थापा, खगेन्द्र जोशी, केशव विक, लाल बहादुर धामी, नवराज धामी, गजेन्द्र ओड, प्रेम देउवा, वीर बहादुर पुजारा, हरि विष्ट, ताराखर कुवंर, वोधराज गौतम, रंगलाल ओड, अर्जुन भण्डारी, करण सुनार, दामोदर पाण्डे, धना चनारा, मिना विक, मिनेश रावल, नवीन विक, चन्द्र आग्री, मिठु थापा, युवराज विष्ट र कुन्दन ठगुन्ना रहेकाछन ।

त्यस्तै सल्लाहकार सदस्यहरु पदम विसी, जंग बहादुर जप्रेल, मीन बहादुर थापा, चक्र चंद, मनिराम विक, खडक एसके, प्रकाश आग्री, वसन्त ओड, सुना आग्री, पदम साउंद सहित २५ सदस्यीय समिती गठन गरिएको केन्द्रिय सचिव सुरेन्द्र देवकरले जानकारी दिए । कार्यक्रममा जनपरिवर्तन सांस्कृतिक परिवार र जनआक्रोश सांस्कृतिक परिवारको विशेष सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई रोचक बनाएको बताइएको छ ।

साभार ः दैनिक नेपाल

प्रतिक्रिया