स्वच्छ खानेपानीका लागि युवा संघद्धारा प्रशासनको ध्यानाकर्षण ।।

स्वच्छ खानेपानीका लागि युवा संघद्धारा प्रशासनको ध्यानाकर्षण ।।

दैलेख सदरमुकाममा आपूर्ति हुँदै आएको खानेपानी स्वस्थकर नभएको भन्दै युवा संघ नेपाल नगर कमिटी दैलेखले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । निरन्तर वर्षात र वाढि पहिरोका कारण पानीका मुहानहरु दुषित बन्दै गएपछि सर्वसाधारणको जनजीवनमा नकारात्मक असर परी दुषित पानीका कारण विभिन्न रोगहरुको प्रकोप वढ्ने सम्भावना देखिएको भन्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको युवा संघ नेपाल नारायण नगर कमिटी दैलेखका अध्यक्ष टोपेन्द्र कुमार थापाले बताउनु भयो । दैलेख सदरमुकाममा आपूर्ति हुँदै आएको खानेपानी स्वास्थ्यकर नभएको भन्ने चौतर्फि जनगुनासो आउन थालेपछि ध्यानाकर्षण गराउनुपरेको अध्यक्ष थापाले बताउनु भयो । स्थानीय प्रशासन तथा विभागिय कार्यालयहरुको ध्यान पुग्न नसक्नु दुखद भएको भन्दै थापाले सदरमुकाममा आपूर्ति हुने खानेपानी ट्यांकीको नियमित सरसफाई, किटनासक औषधि र शुद्धिकरणको व्यवस्था गर्नु पर्ने र सम्बन्धित निकाय मुकदर्शक नभई जिम्मेवार हुन आग्रह गर्दै ध्यानाकर्षण गराईएको हो । यस प्रति तत्काल कार्यान्वयन नथालिएको अवस्थामा चरणवद्ध आन्दोलन गरिने पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद भट्टराइले नगर युवाहरुले गरेको यस कामको प्रशंसा गर्दै तत्काल आफुले यसलाई कार्यान्वयन गर्ने बताउनु भयो ।

प्रतिक्रिया