ओली सरकारको कार्ययोजनाअनुसार चुनाव गर: एमाले

          |   प्रकाशित मितिः आइतवार, साउन ३०, २०७३     ::: 418 पटक पढिएको   |  

श्रावण ३०, २०७३- एमालेले पूर्ववर्ती केपी ओली सरकारको कार्ययोजनाअनुसार चुनाव गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बसेको स्थायी कमिटी बैठकले सरकारले चुनावी तयारी गर्न आलटाल गरेको आरोप लगाएको छ ।

UML‘बैठकले नयाँ सत्ता समीकरणसँगै तहगत निर्वाचन सम्पन्न गर्ने कुरामा उदासीनता देखिएकोप्रति गम्भीर ध्यानाकर्षण गर्दै राजनीतिक तथा संबैधानिक रिक्तता उत्पन्न गर्ने षड्यन्त्रप्रति सजग रहन आम जनसमुदायलाई अपिल गर्दै अघिल्लो सरकारले घोषणा गरेको तहगत निर्वाचनको कार्यतालिकालाई कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ,’ बैठकपछि जारी विज्ञप्तीमा जनाइएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ओलीले मुलुकको राष्ट्रिय एकता, संविधान कार्यान्वयन, पार्टी निर्माण जस्ता विषयलाई केन्द्रमा राखेर पार्टी आगामी दिनमा अघि बढ्ने बताए । उनले त्यसका लागि पार्टी पंक्ति परिचालन गर्नुपर्ने बताए ।

बैठकमा सरकारको कामको समीक्षा, पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकको मिति निर्धारण, स्थानीय तहको पुन:संरचनाबारे पार्टीको धारणा, पार्टीका प्रदेश कमिटीहरुको पूर्णता, सल्लाहकार परिषद्मा सदस्य थप, जेष्ठ कम्युनिस्ट मञ्च गठन, पार्टीको आगामी कार्ययोजना, केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजन र पार्टी प्रवेश गरेकाहरुको जिम्मेवारी व्यवस्थापनसम्बन्धी कार्यसूची तय भएका छन् ।

बैठक सोमबार विहान ११ बजे पुन: बस्नेछ ।

कान्तीपुरमा समचार छ ।



Leave a comment

Your email address will not be published.


*