नेविसंघमा सहमति, दुवैपक्षबाट मनोनयन पर्ने उम्मेदवारी दर्ता भोलि बिहान सम्म

नेविसंघमा सहमति, दुवैपक्षबाट मनोनयन पर्ने      उम्मेदवारी दर्ता भोलि बिहान सम्म

श्रावण ३१, २०७३- लामो विवाद र रस्साकस्सीपछि नेविसंघको विवाद मिलेको छ । प्रतिनिधि विवादलाई लिएर सभापति शेरवहादुर देउवाको संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद चर्कदै आएको थियो । सभापति देउवा र पौडेलबीच आज विहान भएको छलफलपछि सहमति बनेको हो ।

NSUदुई नेताबीच भएको छलफलका आधारमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेविसंघका पूर्व अध्यक्ष महेन्द्र शर्माले भागबण्डाका आधारमा पाएका प्रतिनिधिलाई उपत्यका बाहिरबाट समेत प्रतिनिधित्व गराउने गरी समझदारी बनेको हो । विधिव्त महाधिवेशन गराउनुपर्ने माग राख्दै आमरण अनशन बसेका सिटौला पक्षीय विद्यार्थी समूहले २ सय १५ र महेन्द्र शर्मा पक्षले १ सय १० प्रतिनिधि पाएको थियो ।  त्यसरी पाएका प्रतिनिधि गैर विद्यार्थी रहेका र सवैजसो उपत्यकाबाट प्रतिनिधित्व भएको भन्दै पौडेल पक्षीय विद्यार्थी समूहले आपत्ति जनाउँदै आएको थियो ।

सभापति देउवाले सहमतिमा नआएपनि निर्वाचनबाटै नेतृत्व चयन गर्ने प्रकृया अघि बढाएपछि पौडेल पक्ष लचिलो बन्दै सहमतिमा आएको हो । पौडेल पक्षले आफ्नो टिमको प्यानल बनाउन समय लाग्ने भएकाले मंगलबारसम्म मनोनयनको समय माग गरेको छ । दुवै पक्षलाई निर्वाचनमा सहभागि गराउन मंगलबारसम्मको समय थप गर्ने तयारी भएको निर्वाचन समितिका एक सदस्यले बताए । विहान ११ बजेसम्मका लागि तोकिएको मनोनयनको समय पटक-पटक थप गर्दै सांझ ६ बजेसम्म पुर्याईएकोमा पछि देउवा र पौडेलबीचको सहमतिले त्यसलाई मंगलबार बिहान ८ सम्मलाई तोकिएको छ ।

प्यानल बनाउन दुवै खेमा बैठकमा व्यस्त
देउवा पक्षमा महर
सभापति देउवा पक्षको संस्थापन पक्षबाट नैनसिंह महर अध्यक्षका उम्मेदवार बन्ने भएका छन् । अध्यक्षकै आकांक्षी जितजंग बस्नेतको प्रस्तावमा महरलाई अध्यक्षमा अघि बढाउने निर्णय देउवा संस्थापन पक्षले गरेको हो । निर्वाचनमा संस्थापन पक्ष र सिटौलापक्षले सयुक्त प्यानल बनाउने भएका छन् । सयुक्त प्यानलका लागि निर्देशन समितिका संयोजक प्रकाशरण महत, सिटौला, गगन थापा र प्रदिप पौडेल भिडेका छन् । उनीहरुले सवै पदाधिकारी र सदस्यमानै प्यानल बनाउने तयारी गरेका छन् । स्रोतका अनुसार अध्यक्षका बलियो उम्मेदवार रहेका जितजंगलाई सभापति देउवाले केन्द्रीय सदस्य बनाउने आश्वसन दिएका छन् । केन्द्रीय सदस्य बन्ने आश्वसन पाएपछि बस्नेत पछि हटेका हुन । अर्का अध्यक्षका आकांक्षी कुन्दन शर्मा र सरोज थापालाई महामन्त्रीमा उठाउने निर्णय भएको छ । कुन्दन पूर्व विद्यार्थी नेता द्धोय गगन र प्रदिप पौडेल निकटका हुन । अध्यक्षकै आकांक्षी शुभराम बस्नेतले भने आफ्नो उम्मेदवारी दिने बताएका छन । उनी पार्टीका केन्द्रीय सदस्य खुमवहादुर खड्का निकटका हुन । उनलाई मनाउने प्रयास देउवा निकट नेताहरुले गरीरहेका छन् ।
पौडेल पक्षमा आचार्य
यता पौडेल पक्षको उम्मेदवार निर्णय गर्न पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहको निवासमा अहिले बैठक बसीरहेको छ । पौडेल पक्षबाट अध्यक्षमा मनोजमणि आचार्यलाई अध्यक्ष र अर्का अध्यक्षकै आकांक्षि दीपक भट्टराईलाई महामन्त्रीमा  उठाउने तयारी भईरहेको छ । अर्का महामन्त्रीमा उर्मिला थपलिया, क्षितिज भण्डारी, निकलकण्ठ शर्मा मध्य एकलाई उम्मेदवारी बनाउने तयारी पौडेल पक्ष्ाको छ । अध्यक्षकै आकांक्षी आनन्द त्रिपाठी आफू कुनैपनि हालतमा उम्मेदवार हुने बताउँदै आएका छन् । उनलाई मनाउने प्रयास पौडेल पक्षले गरीरहेको छ । नाराजुलुशमा उत्रिएका पौडेल पक्षीय विद्यार्थीहरु दुई पक्षबीचको समझदारीपछि शान्त भएका छन् । पौडेल निकट विद्यार्थी नेता भट्टराईले दुई पक्षबीचको समझदारीपछि नाराजुलुश र धर्ना कम भएको बताए ।

कान्तीपुरमा समचारछ ।

प्रतिक्रिया