नेदरल्याण्डमाथि नेपालको २१८ रनको लक्ष्य प्रस्तुत

नेदरल्याण्डमाथि नेपालको २१८ रनको लक्ष्य प्रस्तुत

कप्तान पारस खड्काको ८४ रनको मद्दतले नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेलमा नेदरल्याण्डविरूद्ध २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २१७ रन बनाएको हो।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ८४ रन बनाए।

१४.४ ओभरमा ६ रन बनाएर सरद भेसवाकर आउट भएपछि नेपालको खातामा ४१ रन थियो। क्रिजमा आएका कप्तान खड्काले ९४ बल खेल्दै ७ चौका र एक छक्काको मद्दतले ८४ रन बनाए र टिमको स्कोर १८३ रनमा पुर्याएका थिए।

क्याच आउट हुनुअघि उनले सागर पुनसँग ११८ रनको साझेदारी गरेका थिए।

नेपालका लागि सागर पुनले ४५, ज्ञानेन्द्र मल्लले ३९ रन बनाए।

सेटाेपाटीमा समचारछ ।

प्रतिक्रिया