रत्न राजमार्ग खाल्डे राजमार्गमा रुपान्तरण हुदैं

रत्न राजमार्ग खाल्डे राजमार्गमा रुपान्तरण हुदैं

शेरबहादुर थापा

 सुर्खेत, ३१ साउन -मध्य तथा सुदुरपश्चिम क्षेत्रकै मेरुदण्ड मानीने रत्न राजमार्ग आजकल खाल्डै खाल्डाको राजमार्ग बन्न पुगेकोछ । खासगरि बबइ नदि भन्दा उकालो लागेपछि यो रोड भएर यात्रा गर्ने सयौं गाडि चालक तथा यात्रूहरु डराइ डराइ यात्रा गर्नुपर्ने बाध्यतामा पसेकाछन । नयाँ प्रस्तावित प्रदेश नं ६ को प्रस्तावित राजधानी सुर्खेतलाई प्रदेश नम्बर ५ सँग जोडने एकमात्र विकल्पको रुपमा वर्षाैंदेखि सञ्चालनमा रहेको यो राजमार्गमा सजिलै दुइ गाडि समेत आवतजावत गर्न सक्दैनन । करिब १० भन्दा बढि ठाँउमा आएको पहिरोले रोडको किनार भत्काउदा अनि विच रोड सम्मै पहिरोले ओगटदा सो समस्या सिर्जना भएको हो । देउराली देखि बबइसम्मको सडकमा यात्रागर्दा गाडी झण्डैपल्टेला जस्तो आभाष हुने सुर्खेतका स्थानीय कल्पना थापाले नेपाल न्यूजलाई बताइन । उनका अनुसार यो क्षेत्रमायात्रा गर्दा यात्रुहरुले खतरालाई झेल्न सक्ने मनस्थिती नै तयार गरेर हिडनुपर्ने अवस्था सिर्जना भएको दुखेसो समेत पोखिन ।
हिजो साँझ नेपालगञ्जबाट आएका अर्का यात्री भक्त बहादुर शाहीले मध्यपश्चिम क्षेत्रलाइृ सिगों देशसँग सम्बन्ध स्थापीत गर्ने सडकको त यो अवस्था छ झन यस क्षेत्रमा रहेका अन्य राजमार्गको अवस्था कस्तो होला भन्दै उल्टै जिज्ञासा समेत राखे । उनले नेपालमा क्रियाशिल राजनैतिक दलहरु सत्ताको लुछाचुडिमाँ नै ब्यस्त हुने र बर्षेनी जनताले यस्तै जोखीम मोलेर यात्रा गरिरहनुपर्ने बाध्यता रहेको भन्दै अविलम्ब सडकको मर्मत तथा सम्भार गर्नुपर्ने समेत बताए ।
उता यसबारेमा कारकादो स्थित सडक सिडभिजन कार्यालयमा सम्पर्कगर्न खोज्दा फोन उठेन । भने सुर्खेत स्थित डिभिजन कार्यालयले हर्रे देखि मात्रै आफ्नोक्षेत्रमा पर्ने हुदा केहि बताउन नसक्ने जानकारी प्राप्त भयो ।

प्रतिक्रिया