अनुगमनपूर्व नै व्यापारीलाई जानकारी दिने उपसचिव पन्तसँग लिखित स्पष्टीकरण माग

          |   प्रकाशित मितिः बुधबार, भदौ १, २०७३     ::: 316 पटक पढिएको   |  

काठमाडौँ,  भदौ १। अनुगमनपूर्व नै व्यापारीलाई जानकारी दिएको भन्दै आपूर्ति मन्त्रालयले उपसचिव अर्जुन पन्तलाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण दिन भनेको छ ।

aapurti-mantralayaछड्के अनुगमन गरिरहेका बेला मङ्गलबार व्यवसायीलाई अग्रिम सूचना दिएको भन्दै आपूर्ति मन्त्रालयका उपसचिव पन्तसँग २४ घन्टे लिखित स्पष्टीकरणको मागसँगै सूचना अधिकृतको जिम्मेवारीबाट हटाइएको मन्त्रालयका सहसचिव आनन्दराम रेग्मीले जानकारी दिए ।

पन्तले एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिव घिमिरेलाई अनुगमन हुन लागेको सूचना अग्रिम रुपमा दिएपछि मङ्गलबार बेलुकै पन्तसँग स्पष्टीकरण सोधिएको हो । रासस



Leave a comment

Your email address will not be published.


*