नेविसंघको अध्यक्षमा नैनसिंह महर विजयी, महामन्त्रीमा काफ्ले र थापा

नेविसंघको अध्यक्षमा नैनसिंह महर विजयी, महामन्त्रीमा काफ्ले र थापा

काठमाडौँ – नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन्  ।

केहीबेरअघि सम्पन्न मतपरिणामअनुसार महर एक हजार ३३४ मतका साथ विजयी भएको प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले  जानकारी दिए ।

g]lj;ª3sf] cWoIfdf dx/ g]kfn ljBfyL{ ;ª3 -g]lj;ª3_sf] cWoIfdf gogl;+x dx/, dxfdGqLdf s'Gbg sfkmn] / ;/f]h yfkf lgjf{lrt ePkl5 g]kfnL sfFu|]; s]Gb|Lo sfof{no nlntk'/df ljhopT;j dgfpFb} ljBfyL{x? . tl:a/ M /f]zg ;fksf]6f, /f;;

उनका निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यले एक हजार २०९ मत प्राप्त गरे  । त्यसैगरी महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन्  ।

यसैबीच नवनिर्वाचित अध्यक्ष महरले आमविद्यार्थीको भावनालाई आत्मसात् गरेर सङ्गठनलाई अघि बढाउने प्रारम्भिक प्रतिक्रिया दिए  ।

उनले ११औँ महाधिवेशन एकताको महाधिवेशन भएको र यसले सकारात्मक सन्देश प्रवाह गरेको बताए  ।

अध्यक्षका प्रत्यासी आचार्यले नेविसङ्घले आमविश्वविद्यालयका विद्यार्थीको भावना समेटेर अघि बढ्ने विश्वास व्यक्त गर्दै आगामी कार्यकालको शुभकामना व्यक्त गरे  ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन गत साउन २३ गते सुरु भएको थियो ।

नेतृत्व चयनका लागि बुधबार बिहान १२ बजेदेखि सुरु भएको मतदान प्रक्रिया आज बिहान ९ः४५ मा सकिएको थियो । विद्युतीय मतदानका कारण चाँडो परिणाम आएको हो ।

निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुका अनुसार तीन हजार ३०७ प्रतिनिधिले मतदान गरेका थिए ।

नेविसंघको ११ औं महाधिवेशनमा नेतृत्वका लागि ६ सय ८५ जनाको उम्मेद्वारी परेको थियो । उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र सदस्यको १ सय २९ पद्का लागि ६ सय ८५ जनाको उम्मेद्वारी परेको हो ।
मतदानबाट एक सभापति, ११ उपसभापति, २ महामन्त्री, १३ सहमहामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य चयन हुने छन् ।

 

प्रतिक्रिया