उर्जामन्त्रीकै अस्पतालमै ९७ लाख बक्यौता

उर्जामन्त्रीकै अस्पतालमै ९७ लाख बक्यौता

काठमाडौं, २ भदौ  ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत् महसुल नतिर्ने ठूला ग्राहकको लाइन तीन दिनभित्र काट्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । तर उनैले  संचालन गरेको जनमैत्री अस्पतालमा भने ९७ लाख बक्यौता रहेको छ ।  नेपाल बिद्युत् प्राधिकरणले पटक पटक ताकेता गर्दा अस्पतालले बक्यौता तिरेको छैन ।

तर सस्तो लोकप्रिय हुन मन्त्री शर्माले  बक्यौता रहेका १० ठूला ग्राहकको लाइन काटेर अभियान तीन दिनभित्र काट्न निर्देशन दिएका हुन् ।    कार्यकर्ता तथा यद्धुको क्रममा घाइतेको उपचारका लागि भन्दै पार्टीकै संरक्षणमा अस्पताल खोलिएको थियो तत्कालिन अवस्थामा मन्त्री शर्माका पाँच जना आफन्त र माओवादी कार्यकर्ताको नाममा ट्रष्टको रूपमा  सञ्चालन गरिको थियो  थियो अस्पताल ।   तत्कालिन जनमुक्ति सेना नेपालको रकमलाई हस्पिटल सञ्चालनको आधार बनाइएको थियो ।

हस्पिटल बन्द भएपछि पूर्व जनमुक्ति सेना नेपालले विज्ञप्ति जारी गरी हिसाबकिताब  सार्वजनिक गर्न चेतावनी दिएको थियो ।  निरन्तर घाटामा रहेको अस्पताललाई पुनर्जीवन दिन सरकारले पनि बेला–बेला  आर्थिक सहयोग गर्दै  आएको थियो । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले आर्थिक वर्ष २०६५ /६६ मा  १ करोड दिएका थिए । सरकारबाट हटेकै दिन २०६६ वैशाख २१ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले उक्त रकम दिने निर्णय गरेको थियो।

पार्टीको संलग्नता रहादा उपचारका लागि बिरामी नआएको ठहर गर्दै पछि निजी क्षेत्रलाई हस्तारन्तरण गरिएको पनि बताइएको थियो । तरपनि अस्पतालमा बिरामीको साख्या बढेन र नाफा कमाउन  नसकेपछि पछिल्लो समय माओवादी नेताहरुको उक्त अस्तपालप्रति मोह घट्दै गएको छ । घाटाकै कारण बिजुली पैसा समेत तिर्न सकेको छैन । तर उर्जा मन्त्री शर्माले भने बक्यौता नतिर्नेको लाइन काट्न निर्देशन दिदै चर्चा बटुल्न खोजेका छन् ।

साभार ः दृृषटी न्युज

प्रतिक्रिया