गाँउ गाँउमा पढाई शिविर

गाँउ गाँउमा पढाई शिविर

दिनेश खड्का
दैलेख, सिगौडी गाविस वडा न ९ स्थित नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालयका कक्षा २ का छात्रा मनिषा वि.क प्रत्येक शनिबार गाउमै संचालन हुने पढाई शिविरमा पुग्दछिन । गीत, कविता, तथा नाचगानको माध्यामबाट विभिन्न जीवन उपयोगी सीप सिक्दछन । उनकै साथी अस्मिता वि.क निरु कार्की लगायत २६ जना बालकालिका पनि प्रत्येक शनिबार यो कक्षा छुटाउदैनन । Reading Camp (4) Reading Camp (2)जिल्ला शिक्षा कार्यालय दैलेख संगको समन्वय सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेन संगको साझेदारीमा संचालित सहयात्रा परियोजना अन्र्तगत पढाई शिविर सुरु भएपछि उनिहरुमात्र होइन राकमकर्णाली, विशाला, पादुका,चामुण्डा, जम्बुकाँध, सेरी, खड्कावाडा, पिलाडी, लालिकाडाँ,गाविसका प्रत्येक टोलका बालबालिका पढाई शिविरका विभिन्न क्रियाकलापहरुमा उनिहरुको सहभागिता हुन थालेको छ । केन्द्रले दश गाविसका तिस वटा टोलमा पढाई शिविर संचालन गरेको छ ।

पहिलो चरणमा १५ ओटा विद्यालयका सेवा क्षेत्रका विभिन्न २÷२ ओटा टोलमा शिविर संचालन गरिएको केन्द्रले जनाएको छ । शिविर संचालन भएपछि विद्यालय समय भन्दा बाहिरको समयमा खलेर बिताउने बालबालिका विभिन्न खेल,कथा,कविता,नाटक तथा नाचगानमार्फत नयाँ कुराहरु सिक्ने थालेका नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालयका प्र.अ धन बहादुर बोहराले बताए । शनिबारका दिन बालबालिकाहरुलाई पायक पर्ने स्थानमा शिविर संचालन गरेको छ ।
बालबालिकाहरुमा पढाई रुचिजगाउने उनिहरुको स्तरअनुकुल पढ्ने क्षमता विकास गर्ने, कक्षा कोठामा पठन सिप सम्वन्धि क्रियाकलापमा सक्रियता पुर्वक सहभागिताको विकास गर्न शिविर संचालन गरिएको सहयात्रा परियोजना संयोजक रत्न बहादुर बुढाले बताए । उनले प्राथमिक शिक्षालाई गुणस्तरीय र बालबालिकाहरुमा नियमिति पढ्ने बानिको विकास गर्न शिविर संचालन गरिएको जनाए ।
शिविरमा बालबालिकाहरुले व्यत्तिगत सरसरफाई, स्वास्थ्य सम्वन्धि विभिन्न सीपहरु सिक्ने, व्यवहारिक विषयबस्तुहरु सिकाईने भएकाले उनिहरुको बानी व्यवहारमा सकारात्मक परिवर्तन Reading Camp (3) Reading Camp (1)आउन सक्ने शिक्षक धन बहादुर बहोराले बताए । बालबालिकाहरुलाई विभिन्न सात ओटा चरणमा रहि शिविर संचालन हुने र घरमा समेत उचित वातावरण तयार पार्न कार्यक्रमले मद्धत गरेका शिक्षक बोहराले जनाए । शिविर संचालनका लागी केन्द्रले ६० जना स्वमसेवकलाई विभिन्न शिविरमा तालिम संचालन गरि परिचालन गरेको छ ।

प्रतिक्रिया