कांग्रेसले मन्त्रालय र मन्त्री टुंग्यायो, १५ मन्त्रालय कांग्रेसको भागमा

कांग्रेसले मन्त्रालय र मन्त्री टुंग्यायो, १५ मन्त्रालय कांग्रेसको भागमा

झन्डै तीन साता लामो आन्तरिक किचलोपछि नेपाली कांग्रेसले मन्त्रीहरुको सूचीलाई अन्तिम रूप दिएको छ। योसँगै पुष्पकमल दाहाल नेतृत्व सरकारमा कांग्रेसको भागमा १५ मन्त्रालय परेका छन्। यसअघि १३ मन्त्रालय दिने समझदारी भए पनि आन्तरिक भागबन्डा मिलाएर मन्त्रालय थपिएको छ।

timthumb.phpजसमध्ये पार्टी सभापति देउवाको भागमा ८, वरिष्ठ नेता रामचन्द्र पौडेलको भागमा ५, कृष्णप्रसाद  सिटौला र खुमबहादुर खड्काको भागमा एक-एक मन्त्रालय परेका छन्। नेताहरुका अनुसार बिहीबार साँझसम्म मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई बुझाउने र शुक्रबार मन्त्रिपरिषद विस्तार गरेर सपथ गराउने तयारी भइरहेको छ।

कुन मन्त्रीलाई कुन मन्त्रालय?

  • अर्जुननरसिंह केसी – सहरी विकास
  • प्रकाशशरण महत – परराष्ट्र
  • बालकृष्ण खाँड – रक्षा
  • सूर्यमान गुरूङ – श्रम तथा रोजगार
  • केशवकुमार बुढाथोकी – सामान्य प्रशासन
  • रोमी गौचन थकाली – वाणिज्य
  • सीतादेवी यादव – शान्ति तथा पुनर्थापना
  • जीवनबहादुर शाही – पर्यटन
  • दीपक गिरी – सिँचाइ
  •  नवीन्द्रराज जोशी – उद्योग
  • शंकर भण्डारी – वन
  • गगन थापा – स्वास्थ्य
  • हृदयराम थानी – सहकारी तथा गरिबी निवारण

सेटाेपाटीमा खवर छ ।

प्रतिक्रिया