कुन प्रदेशबाट कतिजना मन्त्री भए ? (हेर्नुहोस् सूची)

कुन प्रदेशबाट कतिजना मन्त्री भए ? (हेर्नुहोस् सूची)

काठमाडौं–प्रचण्ड नेतृत्वको सरकारमा ३ नम्बर प्रदेशबाट सवैभन्दा धेरै मन्त्री बनेका छन् । १३ वटा जिल्लालाई समेटर बनेको तीन नम्बर प्रदेशबाट प्रधानमन्त्री बाहेक सात जनाले मन्त्री बन्ने अवसर पाएका छन् ।
प्रधानमन्त्री प्रचण्ड पनि सोही प्रदेशका हुन् । तीन नम्बर प्रदेशपछि १ नम्बर प्रदेशबाट धेरै मन्त्री बनेका छन् । पुर्वी नेपालको प्रतिनीधित्व गर्दै १ नम्बरबाट पाँच जनाले बर्तमान सरकारमा सहभागी हुने अवसर पाएका छन् ।
त्यस्तै मधेशको जिल्लाहरु समेटिएको २ नम्बर प्रदेशबाट चार जनाले मन्त्री हुने अवसर पाएका छन् ।

Mantri-pradesh-2त्यसबाहेक चार र छ नम्बर प्रदेशबाट तीन–तीन जना मन्त्री बनेका छन् भने पाँचमा पाँच र ७ नम्बर प्रदेशको भागमा तीन मन्त्री परेका छन् ।

त्यस्तै नुवाकोट सवैभन्दा धेरै मन्त्री पाउनेको सुचिमा रहेको छ । नुवाकोट बाट नेपाली कांग्रेसका दुई नेताले मन्त्रीको शपथ ग्रहण गरेका छन् भने यसअघि नै माओवादी केन्द्रका तर्फबाट राधीका तामाङ कृषि–राज्यमन्त्री बनेकी थिईन् ।

चितवनले प्रधानमन्त्री बहेक अन्य दुई जना क्याविनेट मन्त्री पाएको छ ।

त्यस्तै सिराहा र काठमाडौंले पनि दुई–दुई जना मन्त्री पाएको छ । रुपन्देहीबाट पनि दुई नेताले मन्त्री बन्ने अवसर प्राप्त गरे ।

प्रदेश नं १ बाट मन्त्री हुनेमा
१–केशवकुमार बुढाथोकी, झापा (सामान्य प्रशासन मन्त्री)–कांग्रेस
२–सुर्यमान गुरुङ, ताप्लेजुङ (श्रम मन्त्री)– कांग्रेस
३–सुरेन्द्र कार्की, ओखलढुंगा (सुचना तथा संचार) –माओवादी
र,
४–श्रीप्रसाद जगेबु, पाँचथर (स्थानीय विकास राज्य–मन्त्री) –माओवादी
५–धनमाया विक, धनकुटा शिक्षा राज्य–मन्त्री माओवादी

प्रदेश नं. २ मन्त्री हुनेमा
१–विमलेन्द्र निधी, धनुषा (उप–प्रधान तथा गृह)– कांग्रेस
२–सीतादेवि यादव, सिराहा (शान्ति तथा पुनर्निमार्ण)–कांग्रेस
३–अजय शंकर नायक, सिराहा (कानून)– माओवादी
र,
४–सत्यनारायण भगत, रौतहट (उर्जा राज्य–मन्त्री)–माओवादी

प्रदेश नं. ३ मन्त्री हुनेमा

१–पुष्पकमल दाहाल, चितवन (प्रधानमन्त्री) – माओवादी
२–अर्जुन नरसिंह केसी, नुवाकोट (शहरी विकास मन्त्री)– कांग्रेस
३–प्रकाश शरण महत, नुवाकोट (परराष्ट्रमन्त्री)– कांग्रेस
४–गगन कुमार थापा, काठमाडौं (स्वास्थ्यमन्त्री)– कांग्रेस
५–नवीन्द्रराज जोशी, कामठाडौं (उद्योग मन्त्री)– कांग्रेस
६–डिआर पौडेल, चितवन (शिक्षा मन्त्री)–माओवादी
७–विक्रम पाण्डे, चितवन (भुमिसुधार मन्त्री) –राप्रपा
८–राधिका तामाङ, नुवाकोट (कृषि राज्य–मन्त्री) –माओवादी

प्रदेश नं. ४ मन्त्री हुनेमा
१–शंकर भण्डारी, तनहुँ वनमन्त्री– कांग्रेस
२–रोमी गौचन थकाली, मुस्ताङ बाणिज्यमन्त्री–कांग्रेस
३–हितराज पाण्डे, गोरखा (स्थानीय विकास मन्त्री)– माओवादी

प्रदेश नं. ५ मन्त्री हुनेमा
१–कृष्णबहादुर महरा रोल्पा, माओवादी
२–बालकृष्ण खाँण, रुपन्देही रक्षामन्त्री– कांग्रेस
३–दीपक गिरी, दाङ सिंचाई मन्त्री – कांग्रेस
४–दीपक बोहरा, रुपन्देही (आपूर्ती मन्त्री) – राप्रपा
५–दलजी श्रीपाइली, रुकुम (खेलकुद)–माओवादी

प्रदेश नं. ६
१–हृदयराम थानी, सुर्खेत (गरिवी निवारण तथा सहकारी)–कांग्रेस
२–जीवन बहादुर शाही, हुम्ला (पर्यटन) –कांग्रेस
३–जनार्दन शर्मा, रुकुम (उर्जा मन्त्री) – माओवादी

प्रदेश नं. ७ बाट मन्त्री हुने
१–रमेश लेखक, कंचनपुर (भौतिक योजना)– कांग्रेस
२–जयदेव जोशी, दार्चुला (वातावरण)– नेकपा संयुक्त
३–गौरीशंकर थारु, कैलाली, (कृषि)–माओवादी

साभार ः राताेपाटीवाट

प्रतिक्रिया