सोसेकको १९ औँ वार्षीक उत्सव तथा साधारण सभा सम्पन्न

सोसेकको १९ औँ वार्षीक उत्सव तथा साधारण सभा सम्पन्न

ज्वाला सन्देश सम्वाददाता
भाद्र ११, दैलेख– दैलेख, अछाम र कालिकोटमा सामाजिक रुपान्तरणका क्षेत्रमा विगत लामो समय देखि क्रियाशिल रहेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको १९ औ वार्षिक उत्सव तथा साधारण सभा समारोह जिविस हल दैलेखमा सम्पन्न भएको छ । संस्थाका आजिव सदस्य, साधारण सदस्य विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, पत्रकारहरु सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु विभिन्न वाल संजाल, युवा संजाल, महिला सञ्जालका प्रतिनिधिहरुको उल्लेखिय सहभागिता बिच सो समारोहको उद्दघाटन गरिएको हो ।

सोसेक नेपालको १९ औं वार्षिक उत्सव तथा साधारण सभाको उद्दघाटन गर्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी लुक वहादुर क्षेत्री
सोसेक नेपालको १९ औं वार्षिक उत्सव तथा साधारण सभाको उद्दघाटन गर्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी लुक वहादुर क्षेत्री
सोसेक नेपालको १९ औं वार्षिक उत्सव तथा साधारण सभाको उद्दघाटन समारोहका सहभागि
सोसेक नेपालको १९ औं वार्षिक उत्सव तथा साधारण सभाको उद्दघाटन समारोहका सहभागि

१९ औ वार्षिक उत्सव तथा साधारण सभा समारोहलाई दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले उद्दघाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्र.जि.अ. क्षेत्रीले सामाजीक सेवा केन्द्र (सोसेक) नेपालले दैलेख जिल्लाका पछि परेका जनताहरुको जीवनस्तर सुधारार्थ गरिरहेको कार्यहरुको प्रशंसा गरे । उनले आगामी दिनमा हुने खाने वर्गाका लागि, शक्तिमा रहेकाहरुकालागि मात्र केन्द्रित नभएर गरिब, निमुखा, पछाडि पारिएका दलित, जनजाती, महिला तथा पछि परेका समुदायकालागि थप सीपमूलक, आयआर्जन मूलक कार्यक्रमहरु सञ्चालन गर्न सोसेक सफल हुने कुराको अपेक्षा गरे । उनले जिल्लामा सक्रिय सबै सरकारी तथा गैह्रसरकारी कार्यालयहरुले सबैलाई सँगै हिड्न सक्ने वातावरण निर्माण गर्न थाल्नु पर्ने सुझाव समेत दिए । उनले कुनै वर्ग, जाती, धर्म, लिंगका आधारमा हुने भेदभाव कानुन जन्य अपराध भएको भन्दै त्यसलाई निर्मुल पार्न सबैलाई अपिल समेत गरे । कार्यक्रममा दैलेख स्थित निमित्त स्थानीय अधिकारी बाबु्राम नेपाली, शमशेर गणका गूल्मपति सुर्यकान्त घिमिरे, प्रहरी नायव उपरिक्षक बीरबहादुर वली, नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष नमन शाही, विभिन्न राजनैतिक दलका प्रतिनीधिहरुले शुभकामना व्यक्त गरेका थिए । सोसेकले गत वर्ष ६ करोड २१ लाख ५ हजार ८०८ रुपैँया सामाजीक क्षेत्रमा खर्च गरेको वाषर््ीक प्रतिवेदनमा जनाइएको छ ।

DSC05225कार्यक्रममा प्रहरी नायव उपरिक्षक वीर वहादुर वली, जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद गोतामे, प्राथमिक उपचार केन्द्र लकान्द्रका डा. विकास शाह, ईन्जिनियर संजिव थापा, जिविस दैलेखका कार्यक्रम अधिकृत शम्सेर वहादुर शाहीलाई जिल्लामा आ–आफ्नो क्षेत्रवाट उल्लेख्य काम गरेवापत प्रसंशा पत्र सहित सम्मान गरिएको थियो ।

सो कार्यक्रममा कम उमेर (१० वर्ष) मा निशुल्क टोल फ्रि नं. मा वालविवाहको वारेमा जानकारी दिने काम गरेकोले पुष्पा वली पिलाडी ५, जोडी समुहवाट राम्रो काम गरेकोमा कालिकोट जिल्ला धौलागोह गाविसका जोडी समुह कलिभाने विक र उनका श्रीमति पुल्ली विक तथा कल सार्की र उनका श्रीमति डोईला सार्की, त्रीदेवि वहुउद्देस्यय सहकारी संस्थाका अध्यक्ष काशीराम शर्मा, जनचेतना समुह राकम कर्णाली ६, केशवराज खत्री संकलक महादेव कृषि उपज संकलन केन्द्र हुलाक टाकुरा, भीर मौवाका अगुवा कृषक पदम कुमारी मल्ल ना.न.पा. ३, गाविस स्तरीय ज्वाला युवा संजाल वाँसी, गाविस स्तरीय महिला संजाल वडाखोला, सीम चौतारा खानेपानी तथा सरसफाई योजनाका सचिव टंक वहादुर कार्की, महिला स्वास्थ्य स्वय्म सेविका निर्मला कुमारी महत दुल्लू ३, गाविस स्तरिय वाल संजाल पिलाडी, विन्दावासिनी वाल संजालका अध्यक्ष भविसरा थापामगर, संस्थावाट संचालित परियोजनाको तर्फवाट उकृष्ट काम गरेवापत ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना टिम तोलीलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

सोसेक नेपालको १९ औं वार्षिक उत्सव तथा साधारण सभामा गाविस स्तरीय वाल संजाललाई प्रमाण पत्र सहित सम्मन गर्दै प्रहरी नायव उपरिक्षक वीर वहादुर वली
सोसेक नेपालको १९ औं वार्षिक उत्सव तथा साधारण सभामा प्रमाण पत्र सहित सम्मन गर्दै प्रहरी नायव उपरिक्षक वीर वहादुर वली

त्यसै गरि कर्मचारीहरु मध्ये जिल्ला कार्यक्रम संयोजक पुस्कर प्रसाद शर्मा, कार्यक्रम अधिकृत नवराज विसी, वरिष्ट मिल अधिकृत रमेश थापा, वाल अधिकार अभियान्ता वाल कुमारी नेपाली, कृषि प्राविधिक चन्द्रकलाराई र पुर्व कर्मचारी नविन कुमार योगीलाई पनि प्रमाण पत्र सहित सम्मान गरिएको थियो । संस्थाको वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव नैन वहादुर शाहीले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन संस्थाका सदस्य दुर्गा श्रेष्ठले पेश गर्नु भएको थियो । वार्षिक उत्सव तथा साधारण सभा उद्दघाटन समारोह संस्था अध्यक्ष मञ्जु कुमारी खड्का अध्यक्षतामा भएको थियो भने संस्था सदस्य सुर्य वहादुर शाहीले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया