नेपालको सेफको चाबी भारतसँग : बिजुक्छें

नेपालको सेफको चाबी भारतसँग : बिजुक्छें

भक्तपुर, १३ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सभामुखको भूमिकामा प्रश्न खडा भएको बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रम बोल्दै बिजुक्छेंले आफ्नो पदिय दायित्व भन्दा पनि राजनीतिक दलको कार्यकर्ताको भुमिकामा देखा पर्दा सहि ब्यक्तिलाई सहि स्थान दिन नसक्नुको परिणाम सभामुखको कार्यसम्पादनले प्रष्टाएको बताएका हुन् ।
बिजुक्छेंले सार्क राष्ट्रभित्रका लागि जसरी संयुक्त बिद्युत सम्झौता गरिँदै छ यसको साँचो भारतमा रहने भएकाले नेपालका लागि हित नभए बताए । उनले अघिल्लो सरकारमा उर्जा मन्त्री टोपबहादुर रायमाझी हुँदा प्रस्ताब गर्नु र हाल माओबादीकै नेतृत्वको सरकारमा संसदमा बिधेयक प्रस्तुत गर्नुले पनि वर्तमान सरकारको भारतप्रतिको झुकाप प्रष्टाएको बताए । उनले नेपालको हरेक निर्णयको चाबी भारतसँग भएको समेत बिस्तारै प्रष्टिँदै गएको टिप्पणी गरे ।

प्रतिक्रिया