स्ववियु अध्यक्षमा नेविसंघका झक्कबहादुर शाही निर्वाचित

स्ववियु अध्यक्षमा नेविसंघका झक्कबहादुर शाही निर्वाचित

मध्य पश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको स्ववियु अध्यक्षमा नेविसंघका झक्कबहादुर शाही अखिल अखिल क्रान्तिकारीका राजेन्द्र बुढालाई पछि पार्दै निर्वा्चित भएका छन् । ५०४ मत ल्याएर उनी अध्यक्ष पदमा निर्वा्चित भएका हुन ।
MUउनका प्रतिद्धन्द्धी अखिल क्रान्तिकारीका राजेन्द्र बुढाले ४६४ र अनेरास्ववियुका प्रभात पोखरेलले ३९२ मत ल्याएर पराजित भएका छन् ।
सचिवमा अनेरास्ववियुका भरतबहादुर शाहीले५३३ मत ल्याएर निर्वा्चित भएका छन् । उनका प्रतिद्धन्द्धी नेविसंघका सन्तोषकुमार उपाध्याय४७६ र अखिल क्रान्तिकारीका रवि केसीले २९८ मत ल्याएर पराजित भएका छन् ।
यस्तै, कोषाध्यक्षमा नेविसंघका सुशील भट्टराईले ५६२ मत ल्याएर विजयी भएका छन् । तर अखिल क्रान्तिकारीका जानकी रेग्मीले ३४१ र अनेरास्ववियुका अनु आँकुराले ४२० मत ल्याएर पराजित भएकी छन् ।
सदस्य भने नेविसंघको वर्चश्व कायम रह्यो । सदस्यहरुमा निशान्त खत्रीले ५०८ ,दिपकराज विसीले ५१२, हरीबहादुर थापाले ५३८, वर्षा केसीले ५९८, पुरुषोत्तम जैसीले ४७०, विश्वराज भट्टराईले ४७९ र धिरेन्द्र हमालले ४९९ मत ल्याएर निर्वा्चित भएका छन् ।

प्रत्यक्षतर्फ १० पदका लागि ८ विद्यार्थी संघ संगठनका ६९ जना चुनावी मैदानमा थिए । स्ववियु निर्वाचनमा एक हजार ४८० मत खसेको थियो ।

प्रतिक्रिया