स्थानीय तह पुनर्संरचना निर्धारण गर्ने समय आज सकिदै

स्थानीय तह पुनर्संरचना निर्धारण गर्ने समय आज सकिदै

काठमाडौं, भदौ १५ । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले जिल्लामा तोकिएको संख्या अनुरुप स्थानीय तह निर्धाण गर्ने समय आज सकिदैंछ । तर, समय सकिदा केहि जिल्लाले मात्र प्रतिवेदन बुझाएका छन् ।

स्थानीय तह पुनर्संरचनाका लागि स्थानीय विकास अधिकारीको संयोजकत्वमा गठित समितले यही १५ भदौभित्रमा जिल्लाको स्थानीय तहको सीमांकन, नामांकन, केन्द्र निर्धारण र वडा विभाजनसमेत गरी केन्द्रस्थित स्थानीय तह पुनर्संरचना आयोगमा पठाउनुपर्ने कार्यसूचि थियो ।

यसअघि आयोगले गत साउन मसान्तभित्रै प्रतिवेदन पठाउन समितिलाई निर्देशन दिएको थियो । स्थानीयस्तरमा दलहरुबीच सहमति जुट्न नसक्दा जिल्लाबाट प्रतिवेदन आउन सकेको थिएन ।

केन्द्रीयस्तरमा पनि दलहरुबीच सहमित नभएपछि सबै दलको आग्रहपछि आयोगले समितिले प्रतिवेदन दिने समय १५ दिनका लागि थप गरेको थियो ।

समितिको समय सकिनै लाग्दन आयोगमा जम्मा पाँचवटा जिल्लाबाट मात्रै प्रतिवेदन आएको छ । हिजोसम्म दाङ, डडेल्धुरा, दार्चुला, बाजुरा र सिन्धुपाल्चोकबाट मात्रै प्रतिवेदन आएको छ । form onlinekhabar.com

प्रतिक्रिया