स्थानीय तह पुनर्संरचनाको काम अघिबढाउन प्रधानमन्त्रीको निर्देशन

स्थानीय तह पुनर्संरचनाको काम अघिबढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौ, भदौ १५   । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साँझसम्म दलहरुबीच सहमति नभए आफ्नो काम अघि बढाउन स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगलाई निर्देशन दिएका छन् ।

बुधबार आफ्नो सरकारी निवास बालुवाटारमा अयोगका अध्यक्ष वालानन्द पौडेलसँग भएको छलफलमा प्रचण्डले दलहरुको साझा धारणा बनाउन साँझसम्म अन्तिम प्रयास गर्ने बताएका छन् । प्रधानमन्त्रीले अब पनि दलहरुबीच सहमति नभएमा आयोगले ढिला नगरी आफ्नो काम सक्नुपर्ने बताएको आयोगका सदस्य सुनिल रंजन सिंहले बताए ।

क्षेत्र निर्धारण आयोगले स्थानीय तहको क्षेत्र निर्धारणबारे साझा धारणा बनाउन दलहरुलाई बुधबारसम्मको समय दिएको थियो । ‘प्रधानमन्त्रीले सााझसम्म दलहरुवीच केही सहमति भएछ भने फेरि बसौँला । नत्र अब ढिला नगरी अहिलेकै व्यवस्था अनुसार काम टुंग्याउनु भन्नुभयो’ अध्यक्ष पौडेललाई उदृत गर्दै आयोगका सदस्य सिंहले भने, प्रधानमन्त्रीले निर्वाचनलाई ध्यानमा राखेर काम गर्न निर्देश्न दिनुभएको छ ।

त्यसअघि प्रधानमन्त्री प्रचण्डले क्षेत्र निर्धारण आयोगका अध्यक्ष पौडेलसँग प्रस्तावित ५६५ संख्याको आधार खोजेका थिए । जवाफमा आयोगका अध्यक्ष पौडेलले संविधानले दिएको अधिकार स्थापित हुन सकोस् भन्ने उदेश्यले स्थानीय तहको क्षेत्र र संख्या निर्धारण गर्ने पक्षमा आयोग गरेको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले आयोगको क्षेत्राधिकार अनुसार संख्यामा थपघट गर्न सकिन्छ कि सकिन्न भन्नेबारे पनि चासो राखेका थिए ।

प्रतिक्रिया