पुस्तकालय दिवसमा वक्तृत्वकला

पुस्तकालय दिवसमा वक्तृत्वकला

दैलेख, १५ भदौ । सप्ताहव्यापी पुस्तकालय दिवसको अन्तिम दिन अर्थात नवौं पुस्तकालय दिवसका अवसरमा जिल्ला शिक्षा कार्यालय दैलेखले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।Pustakalaya Pustakalaya 1“जीवनपर्यन्त शिक्षाकालागि पुस्तकालय“ शिर्षकमा आयोजित जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा विजया मावि दुल्लूका शिशिर कार्की प्रथम, भानु मावि तोरायका भावना थापामगर दोश्रो, जनकल्याण मावि सेर्माकोटका लक्ष्मी विष्ट तृतीय र लक्ष्मी मावि सात्तलाका तिर्थराज विकले सान्त्वना स्थान प्राप्त गरेका हुन् ।

जिल्लाका १२ वटा श्रोतकेन्द्रवाट १२ जना वक्ताहरूको प्रतियोगितामा सहभागिता रहेको जिल्ला शिक्षा कार्यालय दैलेखले जनाएको छ । कार्यक्रमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लुबकहादुर क्षेत्रीले अहिलेको यूग विज्ञान र प्रविधिको विकास भएको युग भएकाले प्रविधिमैत्री पुस्तकालयको विकास हुन जरुरी भएको बताएका थिए । जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद गोतामेले जनताको पहुँचमा पुग्ने गरी पुस्तकालय विकास हुनुपर्ने बताए ।

प्रतिक्रिया