गंगामायालाई गगन थापाले भने – ‘तपाईंको कुरा आजको मन्त्रीपरिषदमा उठाउँछु’

गंगामायालाई गगन थापाले भने – ‘तपाईंको कुरा आजको मन्त्रीपरिषदमा उठाउँछु’

काठमाडौं- वीर अस्पतालको निरीक्षणमा गएका स्वास्थ्य मन्त्री गगनकुमार थापाले अस्पतालमा अनशनरत गंगामाया अधिकारीलाई भेटेका छन् । अस्पतालको आइसियुमा नै अनशनरत अधिकारीसँगको भेटमा मन्त्री थापाले उनको स्वास्थ्य अवस्थाको बारेमा बुझ्दै उनीसँग कुराकानी गरेका छन् ।

gagan thapaस्वास्थ्य मन्त्री थापालाई अधिकारीले विगतका सरकारले आफ्नो माग पुरा नगरेकोमा गुनासो गर्दै आफ्नो छोराको हत्यारालाई तत्कालै कारवाहीको दायरामा ल्याउन माग गरिन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई छोराको हत्यारालाई सजया दिलाउन माग गरेको सन्देश पु¥याउन पनि आग्रह गरिन् ।
गंगामायासँगको भेटमा मन्त्री थापाले आज बस्ने मन्त्रीपरिषद्को बैठकमा कुरा उठाउने बताए । ‘आज मन्त्रीपरिषद् बैठक छ । तपाईको माग म त्यहाँ उठाउँछु ।’
आइसियुमा गंगामायालाई भेटेपछि मन्त्री थापाले अस्पतालको क्यान्सर वार्ड र जेनेटेकी ल्याबको समेत निरीक्षण गरेका छन् । उनले त्यसक्रममा एक वर्षदेखि विग्रिएको क्यान्सर रेडियसनका विषयमा समेत जानकारी लिँदै बनाउन निर्देशन दिएका छन् ।

साभार ः स्वास्थ्य पत्रिका

प्रतिक्रिया