तोकिएको मितिमै धारामा पानी आउला ?

तोकिएको मितिमै धारामा पानी आउला ?

दैलेख, भदौ १९ । नारायाण नगरपालिकाका सबै वडालाई खानेपानी वितरण गर्ने गरि निर्माणाधिन नारायण नगरपालिका खानेपानी तथा सरसफाई आयोजना सम्मपन्न हुने पर्ने समय करिब डेढ महिनामात्र बाँकी रहँदा कामको गति भने सुस्त भएको छ । ३० किलोमिटर टाढा मुल खोलाबाट नगरपालिका १ हजार ८ सय ३ घरधुरीमा धारा जडान गरिने सो आयोजनाको हालसम्म फिल्टर ट्ंयाकीमात्र बनेका छन् । १ अगस्ट २०१३ बाट निर्माण कार्य थालिएको आयोजना ३१ जनवरी २०१५ मा सम्पन्न गर्नुपर्ने भए पनि सो मितिमा काम नसकिएपछि आयोजना सम्मपन्न गर्न समय थप गरिएकको थियो ।

14164065_1153793761362224_1692122086_oथप गरिएको समय आगामी नोभेम्बर १० सकिँदैछ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण तोकिएको मितिमा आयोजना सम्पन्न हुनेमा आशंका गर्छन् नारायण नगरपालिका खानेपानी तथा सरसफाई उपभोक्त समितिका अध्यक्ष बलराम श्रेष्ठ । उनले भने, निर्माण कम्पनीको कामको गति हेर्दा तोएिको मितिमा काम सकिनेमा आशंका छ । उनले समितिको तर्फबाट निर्माण कम्पनीलाई काम छिटो गर्न दवाव दिइएको दावी गरे । समितिले तोकिएको मितिमा आयोजना सम्पन्न हुनेमा आशंका गरे पनि निर्माण कम्पनी भने तोकिएको मितिमै काम सक्ने दावी गर्छ । निर्माण कम्पनी सुमेक चन्दा एण्ड बसन्त जेभीका कोडिनेटर खर्गेन्द्र शाहीले आयोजनाको ९० प्रतिशत काम सकिएको दावी गरे । उनका अनुसार मुल खोलाबाट ३० किलोमिटर पाइप विछाउने काम सकिएको छ । इटा डाँडामा दुई वटा फिल्टर ट्ंयाकी निर्माण भइसकेका छन् भने एक टं्याकी निर्माणाधीन रहेको शाहीले बताए ।

उनले वडास्तरमा धारा जोड्ने काम भइरको बताए । तर सडक निर्माणका क्रममा केही स्थानमा पाईप उखेलिएकोले काममा समस्या भएको उनको भनाई छ । सडक निर्माणकै क्रममा खुर्सानीबारीमा ब्रेक प्रेसर टं्याकी भत्किएको छ । सो टं्याकी फेरि बनाउनुपर्ने भएको शाहीले बताए । यस्तै इटा डाँडामा सेडिमेन्टेसन टं्याकी निर्माणमा स्थानीयको अवरोध भएको छ । स्थानीयले सडक निर्माणको रकम दिएमात्र टं्याकी बनाउने दिने भन्दै अवरोध गरेको उनको भनाई छ । स्थानीयको अवरोध, सडक निर्माणका क्रममा ट््ंयाकी भत्एिको र निर्माणको सुस्त गतिका कारण आयोजना समयमा सम्पन्न हुनेमा स्थानीय पनि विश्वस्थ हुन सकेका छैनन् । आयोजना कन्सल्ट्यान्ट इन्भारोमेन्ट एन्ड रिसोर्स म्यानेजमेन्टका इन्जिनियर राज नारायण गुप्ताले तोकिएको मितिमा आयोजना सम्पन्न हुने आशा गर्नुपर्ने बताए । उनले आयोजनाको करिब ८३ प्रतिशत काम सकिएको भन्दै आशा गर्नुपर्ने बताए । आयोजनाको समय बढेका कारण लागत पनि बढ्ने सम्भावना बढेको छ

प्रतिक्रिया