प्राविधिक समितिको निर्णय काँग्रेसले नमान्ने

प्राविधिक समितिको निर्णय काँग्रेसले नमान्ने

दैलेख, भदौ २१ । स्थानीय निकाय तथा संरक्षित निकाय पुर्संरचना आयोग अन्तर्गतको जिल्लास्थित प्राविधिक समितिले तयार पारेको दैलेख जिल्लाका स्थानीय निकायको खाकालाई नेपाली काँग्रेसले नमान्ने जनाएको छ । हालका इलाकालाई नै स्थानीय निकायमा रुपान्तरण गर्नुपर्ने भन्दै प्राविधिक समितिले बनाएको ५ नगरपालिका र ३ गाउँपालिकाको खाकालाई नमान्ने नेपाली कांग्रेस क्षेत्र नम्बर १ कार्य समितिले सोमबार निर्णय गरेको छ ।

प्रस्तावित रानीतिक विभाजनको नक्सा दैलेख खबर डटकमबाट ।
प्रस्तावित रानीतिक विभाजनको नक्सा दैलेख खबर डटकमबाट ।

क्षेत्रीय समितिको बैठकले क्षेत्र नम्बर १ मा ६ वटा स्थानीय निकाय बनाउन माग गर्ने निर्णय गरेको क्षेत्रीय सभापति गणेश उपाध्यायले जानकारी दिए । उनले प्राविधिक समितिले तयार पारेको खाकाअनुसार जिल्लामा स्थानीय निकाय बनाइए जनताले थप दुःख पाउने निश्कर्ष बैठकमा निस्केको बताए । कांग्रेस क्षेत्रीय समितिको बैठकले औपचारिक रुपमै इलाकालाई नै स्थानीय निकाय मान्नुपर्न निर्णय गरेपछि जिल्लाबाट स्थानीय निकाय पुर्नंसरचनाको सिफारिसमा विवाद आउने देखिएको छ । यद्यपी नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले भने निर्णय गर्न बाँकी छ । हालै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले दुवै क्षेत्रका सभापतिलाई स्थानीय निकायको खाकाबारे अन्तिम निर्णय गर्न जिम्मेवारी दिएको थियो ।

केन्द्रमा समेत इलाकालाई नै स्थानीय निकाय बनाउनुपर्ने अडान कांग्रेसले राखिरहेको बेला क्षेत्रबाट पनि सोहीअनुसारको निर्णय भएको छ । पार्टीको केन्द्रीय नीतिअनुसार नै क्षेत्रीय समितिले निर्णय गरेको सभापति उपाध्यायले बताए । उनले इलाकाअनुसार स्थानीय निकाय नबनाइए संघीयताको मर्मअनुसारको विभाजन नहुने बताए ।

स्थानीय निकायको पुर्नंरचनाबारे निर्णय गर्न पूर्वस्थानीय विकास राज्यमन्त्री गणेशबहादुर खड्का, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधिहरु, क्षेत्र नम्बर १ का जिल्ला कार्य समिति पदाधिकारीहरु, प्रेस यूनियन जिल्ला शाखा सभापति, नगर सभापति, वडा सभापति सहित वुद्धिजीवि, ब्यापारीहरुको सँयुक्त बसेको थियो । यही भदौ २२ गते नेपाली काँग्रेस दैलेखले आफ्नो आधिकारीक धारणा दिने नेपाली काँग्रेस दैलेखका प्रेस सल्लाहकार एवं प्रेस युनियन दैलेखका सभापति भुपेन्द्र शाहीले जानकारी दिए ।

जिल्ला प्राविधिक समितिले क्षेत्र नम्बर २ मा ३ नगरपालिका र १ गाउँपालिका बनाउने खाका बनाएको छ । राकमकर्णाली नगरपालिका, देवलोक नगरपालिका र दुल्लु नगरपालिका तथा गाउँपालिका क्षेत्र नम्बरमा रहने खाका छ । यस्तै क्षेत्र नम्बर १ मा नारायण नगरपालिका, रानीमत्ता नगरपालिका, नौमुले गाउँपालीका र बेस्तडा गाउँपालिका बनाउने खाका छ । तर यो खाकामा कांग्रेस सहमत नहुने भएको हो । प्राविधिक समितिको खाकामा जनमोर्चा बाहेक जिल्लास्थित अन्य दलहरु भने समत छन् । माओवादी केन्द्रले कांग्रेसको प्रस्तावलाई मान्ने सम्भावना छ भने एमाले प्राविधिक समितिको सिफारिसको पक्षमा रहेको छ ।

प्रतिक्रिया