मिर्गाैलापीडितले अस्पतालमै आत्महत्या गरे

मिर्गाैलापीडितले अस्पतालमै आत्महत्या गरे

२१ भदौ, काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक मिर्गौला पीडितले झ्यालबाट हामफालेर आत्महत्या गरेका छन् ।

दोलखा मालु बस्ने १८ वर्षीय विजय खड्काले सोमबार राति अस्पतालको झ्यालबाट हामफालेर आत्महत्या गरेका हुन् ।

मिर्गौला फेल भई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भई उपचार गराईरहेका खड्काले गएराति बिरामी वार्डको तीन तला माथि झ्यालबाट जमिनमा हामफालेका थिए ।

गम्भीर घाइते बनेका खड्काको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया