आशिस जेभिको काम प्रति स्थानीय खुसी

दुर्गा वि.सी
सुर्खेतको गोजिखोलामा निमार्णधिन पुल ८ महिना नवित्तै ८० प्रतिशत काम सम्पन्न भएको छ । निमार्णधिन गोजिखोला पुल २०७२ पौषको अन्तीमबाट कामको सुरुवात भएको थियो । सम्झौता मिति २०७२ साल ४ महिना २ देखि २०७६ साल भित्र सम्पन्न गर्ने भनेर राजेन्द्र कुमार आशिस जेभि र मध्यपश्चिम पुल आयोजना डिभिजन नेपालगञ्ज विच सम्झौता भएको छ । १ सय ५० मिटर लम्वाई पुलको ९ करोडमा उक्त कम्पनीले ठेक्का हात पारेको थियो । ८ महिना नवित्तै ८० प्रतिशत काम सकिएको छ भने २०७३ माघ महिना भित्रमा काम सम्पन्न गरि गाडि गुडाउने आशिस जेभिका शिव चन्द्रलाल कर्णले वताए । छिन्चु जाजरकोट सडक खण्डको भेरी पुल नजिकै २ किमि अगाडि गोजिखोलामा पुल नहुदाँ नागरिकले वर्षेनी दुख पाउने गरेका थिए । साथै वर्षातमा खोलाले यातायातका साधान आवत जावतमा निक्कै कठिनाई हुने गरेको थियो ।
आशिस जेभिले चमत्कारी पुर्ण काम गरेको सुर्खेत गोजिवजारका गगा प्रसाद ढकालले वताए । नजिकै काम सम्पन्न भई उद्घाटन भएको भेरी पुल निमार्ण हुन १२ वर्ष लागेको थियो भने सो पुल १ वर्ष नवित्तै निमार्ण कार्य सम्पन्न हुनुले स्थानीय आश्चर्य चकित परेका छन् । निक्कै राम्रो काम भएको छ । यसरी देशैभरी ठेक्का पट्टाका काममा निमार्ण व्यवसायीले तदारुक्ता देखाएमा राम्रो हुने व्यपारि ढकाल वताउछन् । राजेन्द्र कुमार आशिस जेभि काठमाण्डौका ठेकेदार ऋषिकेश गौलेका अनुसार उक्त सडक खण्मा ४ स्थानमा आशिस जेभिले कामको जिम्मा लगेको र सवै ठाउको पुलको काम दुर्त गतिमा अगाडि वढेको वताए । वर्षायाममा ठाउ ठाउमा पुल नहुदाँ सो सडक खण्मा यातायातका साधनले ठुलो सास्ती खेप्ने गरेका छन् ।
प्रतिक्रिया