हाजिरी जवाफ प्रतियोगितामा पञ्चदेवल मावि प्रथम

हाजिरी जवाफ प्रतियोगितामा पञ्चदेवल मावि प्रथम

दैलेख, भदौ २२ । शिक्षा दिवसका अवसरमा दैलेखमा आयोजित जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगितामा पञ्चदेवल माध्यमिक विद्यालय रावतकोट प्रथम भएको छ । 

दैलेख सदरमुकाम दैलेख बजारस्थित त्रिभुवन माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा दोस्रो स्थान विजया माध्यमिक विद्यालय दुल्लु भएको छ । यस्तै सनराईज इंग्लिस मिडियम बोर्डिङ्ग स्कुल दैलेख तेस्रो भएको छ भने सरस्वती माध्यमिक विद्यालय तरतांग सान्तवना भएको छ ।
प्रतियोगितामा जिल्लाका विभिन्न १० वटा विद्यालय सहभागि भएका थिए ।

प्रतिक्रिया