स्थायी सरकारले दिने पो हो माग्ने होइन –पण्डित

स्थायी सरकारले दिने पो हो माग्ने होइन –पण्डित

दैलेख, भदौ २२ – दैलेख जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले निजामती कर्मचारीको ट्रेड यूनियनले राजनीतिक नेतृत्व र सरकारसंग अधिकार र सुविधा मागेको कुरा नमिल्दो प्रक्रिया भन्नु भएको छ । Nijamati 2073 (3)

निजामती सेवा दिवशको अवसरमा वोल्दै माननिय जिल्ला न्यायधिस प्रकास प्रसाद पण्डित
निजामती सेवा दिवशको अवसरमा वोल्दै माननिय जिल्ला न्यायधिस प्रकास प्रसाद पण्डित

निजामती सेवा दिवसको अवसर पारेर दैलेखमा आज भएको विचार विमर्श कार्यक्रममा ्उहाँले भन्नुभयो ‘कर्मचारी संयन्त्र स्थायी सरकार हो, आफै अरुलाई दिने दिने ठाउँमा बसेर अधिकार र सुविधा मागेको सुहाउदैन ।’ जिल्ला न्यायाधीश पण्डितको टिप्पणी थियो कर्मचारीले एशियाकै गरीब देशमा जनताको जीवनस्तर उठानेमा चिन्ता राख्नुपर्नेमा कर्मचारीहरु आफैले मात्र सुविधामाथि सुविधा खोज्नु राम्रो होइन ।

निजामती सेवा दिवस जिल्ला समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्नु स्थायी सरकार मानिएको राष्ट्र सेवक कर्मचारीहरुको दायित्व रहेको औल्याउनुभयो । ‘जनतलाई हित हुने काम गर्न सके मात्र कर्मचारीहरुलाई राष्ट्र सेवक भनेको शब्द शोभा दिन्छ’ प्रमुख जिल्ला अधिकारीले भ्रन्नुभयो । उहाँले त्यसबखत यो वर्षको नारा जस्तै सेवामैत्री र जवाफदेही सुशासन कायम राख्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

सदरमुकामको गणेशचोकबाट आरम्भ भएको प्रभातफेरीले नगरपरिक्रमापछि जिविस सभाहलमा गरिएको विचार विमर्श कार्यक्रममा स्थानीय राजनीतिक दल, विभिन्न पेशा व्यवसायका प्रमुख तथा प्रतिनिधिहरुले नेपालको निजामती कर्मचारी प्रशासनले हालसम्म गरेका उल्लेख्य कार्य र सुधार गर्नुपर्ने पक्ष बारे विचार राख्नुभएको थियो ।

प्रतिक्रिया