वाल ईजालसको लागि अदालतलाई सामाग्री हस्तान्तरण

वाल ईजालसको लागि अदालतलाई सामाग्री हस्तान्तरण



दैलेख, भदौ २७ । सामाजिक सेवा केन्द्र (सोसेक)ले बालदिवशको अवसर पारेर सोमबार जिल्ला अदालतलाई वाल ईजालसको लागि सामाग्री हस्तान्तरण गरेको छ ।

वाल ईजालसको व्यवस्थापनका लागि कार्पेट पि फर्म सहित खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा सञ्चालित सहकार्य परियोजनाले ती सामाग्री हस्तान्तरण गरेको हो ।IMG_0007

सोसेकका कार्य समिति महासचिव झलक वहादुर भण्डारीले जिल्ला न्यायधीश प्रकाशप्रसाद पण्डीतलाई सामाग्री हस्तान्तरण गरे । अदालतमा वाल विझ्याईका कारण तथा अदालत आउने आमासँग हुने बालबालिकालाई घरेलु वातावरण दिन बालबालिकाका लागि वसाई व्यवस्थापन र खेलकुद सामाग्री हस्तान्तरण गरिएको कार्य समिति महासचिव भण्डारीले बताए । उनले अदालतमा आउने बालबालिकालाई घरेलु वातावरण दिनुपर्ने आवश्यकता रहेको बताए ।

सामाग्री ग्रहण गर्दे न्यायधीश पण्डितले सहयोगका लागि सोसेकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तो सहयोग हुने विश्वास व्यक्त गरे । करिब १३ हजार बराबरका सामाग्री हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया