रोजगारि गर्न मलेसिया पुगेका वलीको मृत्यु

रोजगारि गर्न मलेसिया पुगेका वलीको मृत्यु


दुर्गा वि.सी सल्यानको घाँजरीपिपल ७ संग्रहि निवासि वर्ष ४३ का ज्ञान वहादुर वलीको मलेसियामा मृत्यु भएको छ ।रोजगारिको लागि १ वर्ष अघि उनि मलेसिया गएका थिए salyanमलसियाको डव्लु.एसएम.कोसोन फाइभ कम्पनिमा कार्यरत थिए । रातीको डिउटीको समयमा एकासी पेट दुखे पछि उनलाई अस्पताल लगिएको थियो । उपचार हुदाँ हुदै उनको नेपाली समय अनुसार भाद्र २६ गते आइतबार ५ः३० मा मृत्यु भएको जनाएको छ । मृर्तक वलीको सव नेपाल आउन बाँकि रहेको र उनको २ छोरी र १ छोरा भएको जनाएको छ । मृर्तक वलीका श्रीमति भावविहल हुदै सन्तु वलीले आफ्नो श्रीमानको सव चाँडै नेपाल ल्याईदिन आग्रह गरेकीछन् ।

प्रतिक्रिया