पहिरोको कारण राजमार्ग अवरुद्ध

पहिरोको कारण राजमार्ग अवरुद्ध

दैलेख, भदौ २९ । २ दिनदेखि लगातार परेको बर्षाले कर्णाली राजमार्ग अन्तरगत दैलेखको खड्कवाडा गाविस वडा नं. ७ स्थित अमृसेमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत देखि कालिकोट, जु्म्ला जाने कर्णाली राजमार्गमा बुधवार विहान गएको पहिरोको कारण उक्त सडकमा सवारी आवागमन अवरुद्ध भएको हो ।


सडक अवरुद्ध भएपछि त्यस क्षेत्रमा हजारौ यात्रुहरु अलपत्र परेका छन् । कर्णाली क्षेत्र जानका लागि एक मात्र विकल्पको रुपमा रहेको राजमार्गमा पटक पटक पहिरो जाँदा यत्रुले सास्ती खेपनु परेको छ । पहिरोले सडक बन्द हुँदा राजमार्गमा आवत जावत गर्ने यातयातका सवारी साधन ठप्प भएका छन भने यात्रीले पैदल र जोखिम पूर्ण यात्रा गर्नु वाध्यता रहेको छ । अवरुद्ध सडक खुलाउनका लागि दैलेख सदरमुकामवाट गएको डोजरमा समस्या आएपछि सडक खुल्न सकेको छैन ।



जिल्ला प्रशासन कार्यालय दैलेखले सडक डिभिजन कार्यालय सुर्खेतसंग समन्वय गरेर सडक खुलाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । उनका अनुसार सडक डिभिजन कार्यालय सुर्खेतवाट स्काभेटर आइसकेको छ । साघुरो र कठिन सडक रहेको यस राजमार्गमा धेरै दुर्घटनाहरु घटिसकेका छन् । दिनहु जसो दुर्घटना हुने गरेको यस रागमार्गमा गाडिको क्षमता भन्दा वढि यात्रुहरु वोक्ने गरेकोकारण पनि दुर्घटना हुने गरेको सर्ववसाधारणहरु बताउँछन् । गाडिको चेकजाँच गर्नका लागि प्रयाप्त ट्राफिक प्रहरी नभएको कारणले पनि दुर्घटना वढ्ने गरेको पाइन्छ ।



प्रतिक्रिया