प्रधानमन्त्रीको भारत भ्रमणलाई नकारात्मक रुपमा हेर्नुहुन्न : डा. थापा

प्रधानमन्त्रीको भारत भ्रमणलाई नकारात्मक रुपमा हेर्नुहुन्न : डा. थापा

काठमाडौं, २९ भदौं । पूर्वपराष्ट्रमन्त्री एवम् प्रवुद्ध समूहका नेपाल तर्फका संयोजक डा. भेषबहादुर थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भोलिबाट हुने भारत भ्रमणलाई नकारात्मक दृष्टिकोणबाट हेर्न नहुने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. थापाले भने,‘प्रधानमन्त्रीको भारत भ्रमणलाई शंका र उपशंकाको नकारात्मक दृष्टिले हुर्नुभन्दापनि सम्बन्धलाई सुधार्न प्रयत्नशील उन्मुख र सद्भाव भ्रमणको रुपमा बुझ्नुपर्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा थापाले प्रधानमन्त्रीको भारत भ्रमणलाई दबाबमा पारेर विवादित बनाउन नहुने उल्लेख गर्दै भने,‘नेपाल–भारत सम्बन्ध अब विश्वासको आधारमा अघि बढाउनुपर्छ, सबै विषयमा खुलेर कुरा गर्नुपर्छ ।’

प्रधानमन्त्रीको भ्रमणको पूर्वसन्ध्यामा पराष्ट्रमन्त्री आँफै भारत गएर भ्रमणको तयारी गर्नु आँफैमा अभुतपूर्व रहेको उनको विश्वास थियो ।
१९५० लगायतका अन्य द्धिपक्षीय सन्धिसम्झौताहरुको पूनरावलोकनको लागि दुवै देश तयार रहेर प्रधानमन्त्रीकै तहबाट प्रवुद्ध समूह बनाईएको र कामहरु भैरहेको बताउँदै थापाले भने,‘हामी यसबारेमा कामहरु गरिरहेका छौं, यो कुनै एक देशबाटमात्रै गठन गरिएको होईन, दुवै देश मिलेर गठन गरेको हो ।’

उनले राजनीतिक अस्थिरताका कारण दिगो सरकार नहुँदा जनताले सरकारप्रमुखबाट आश्वासनमात्रै पाउने गरेको उल्लेख गर्दै भने,‘अब बोल्नेभन्दापनि काम गरेर देखाएको हेर्ने ईच्छा नेपाली जनतामा छ, त्यसैलेपनि स्थायित्व अहिलेको आवश्यकत्ता हो ।’ उनले नेपाललाई भारतले हेर्ने दृष्टिकोण एकरुपको भएपनि नेपालको धारणामा भने बेलाबखत तलमाथि हुने र लाचार देखिएको टिप्पणी गरे । संविधान जारी हुँदाको बखतमा नेपाल–भारत सम्बन्धमा केही तित्तता आएको स्मरण गर्दै थापाले अहिले सम्बन्धमा सहजता आएपनि पूर्णता नआईसकेको दाबी गरे ।

प्रतिक्रिया