राकमकर्णालीमा सडक नाटक

राकमकर्णालीमा सडक नाटक



दैलेख, भदौ ३१ । दैलेखको राकमकर्णालीमा शुक्रबार बालबिबाहविरुद्ध चेतना फैलाउन सडक नाटक प्रदर्शन गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाको सहयोगमा राकमकर्णाली वाल सञ्जालले सडक नाटक प्रदर्शन गरेको हो ।
VAC Rakam 2

VAC Rakam 1नाटक प्रदर्शन गर्नुअघि राकमकर्णाली बजारमा र्यालीसमेत निकालिएको थियो । इलाका प्रहरी कार्यालय, विद्यार्थी र सरोकारवालाको सहभागितामा र्याली निकालिएको जनाइएको छ । सडक नाटक तथा र्यालीले वाल विवाहलाई निरुत्साहित गर्ने विश्वास लिइएको छ । चेतना अभावका कारण हुने बाल विवाहले स्वास्थ्य, आर्थिक र सामाजिक क्षेत्रमा नकारात्मक असर पार्र्छ । बाल बिबाहलाई कानुनले समेत बन्देज लगाएको छ । बालबिबाह गर्नेमाथि कानुनी कारबाहीसमेत हुने व्यवस्था छ ।



सोसेक र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाले जिल्लाका विभिन्न गाविसमा बाल अधिकारलगायतका क्षेत्रमा का गर्दै आएको छ ।

प्रतिक्रिया