भारतसँगको सहमतिले नेपाल-चीन सम्वन्धमा असर पर्दैनः प्रचण्ड

भारतसँगको सहमतिले नेपाल-चीन सम्वन्धमा असर पर्दैनः प्रचण्ड

२ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा जारी सँयुक्त वक्तव्यलाई लिएर नेपालमा उठेको प्रश्नको जवाफ दिएका छन् ।

भारतको चारदिने राजकीय भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमणले दुई देशको सम्वन्धलाई थप सुदृढ भएको दाबी गरे । उसो त प्रचण्डले नयाँदिल्लीबाटै आफ्नो भ्रमण सफल भएको दावी गरेका थिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफू र भारतीय प्रधानमन्त्री मोदीले जारी गरेको २५ बुँदे वक्तव्यले चीनसँगको सम्वन्धमा असर नगर्ने बताए । सहमति भएका विषयहरुमा अन्तराष्ट्रिय मञ्चहरुमा एउटै मत बनाएर जाने सहमति भएको भन्दै उनले यो कुनै नयाँ कुरा नभएको बताए ।

संयुक्त राष्ट्रसघको स्थायी सदस्यका लागि भारतलाई नेपालले २००४ देखि समर्थन गर्दै आएको उनले बताए । यो सहमतिमा चीनसँगको सम्बन्धलाई असर गर्दैन भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘भारतसँगको सम्वन्धको आफ्नै आयाम छ र हामीले सन्तुलित नीति लिएका छौं । यसले चीनसँगको सम्वन्धमा कुनै असर पार्दैन ।’

प्रतिक्रिया