संविधानको कार्यान्वयन समृद्धिको सुरुवात : जिल्ला न्यायाधीश

संविधानको कार्यान्वयन समृद्धिको सुरुवात :  जिल्ला न्यायाधीश

दैलेख असोज ३ गते–जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले संविधानको पूर्ण कार्यान्वयन नै देशको समृद्धि सुरुवात हुने बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज सदरमुकाममा आयोजित समारोहमा संविधानमा तोकिएका अधिकार प्राप्तीका लागि निर्धारित समयमा कार्यान्वयन गराउनु राजनीतिक दायित्व हुने उहाँले विचार राख्नुभयो ।
Sambidha Dailekhसंविधानको मूल मर्म अनुसार राज्यका सबै निकायले काम गरिदिएमा सबै जाति वर्ग क्षेत्रको अधिकार प्रत्योजनमा छिटो छरितो हुन सक्ने र यसले जनभावनाको कदर हुने बताउन्ुभयो ।


कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले संविधानमा संघ, प्राप्त र स्थानीय तहको व्यवस्थाले जनतालाई सार्वभौम बनाएको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनले जनताको अधिकार र आर्थिक विकासको अवसर सिर्जना गर्ने प्रष्ट पार्नुभयो ।
त्यसबखत पूर्वराज्य मन्त्री गणेशबहादुर खड्काले संविधान जनताको बलिदान, राजनीतिक नेतृत्वको त्याग, विभिन्न अधिकारमुखी आन्दोलनको फलको रुपमा आएको बताउदै यसको कार्यान्वयनमा राजनीतिक एक्यवद्धता जरुरी रहेको औल्याउनुभयो ।
स्थानीय विकास अधिकारी हरी प्याकुरेलको अध्यक्षतामा भएको समारोहमा जिल्लास्थित राजनीतिक दल, नागरिक समाज संगठन र पेशाव्यवसायी संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुले संविधान दिवसको महत्व र संविधानमा उल्लेखित अधिकार प्राप्तीको आवश्यकता विषयमा बोल्नुभएको थियो ।
खानेपानी कार्यालय नजिकबाट सुरु भएको ¥यालीले गणेशचोक, नयाबजार, देवकोटाचौक, पुरानोबजार, भगवती टोल हुँदै टुडिखेख खुलामैदानमा पुगी औपचारिक समारोहमा परिणत भएको थियो । सो औपचारिसक समारोहमा संविधान दिवसका अवसरमा आयोजित विभिन्न खेलकूद, अतिरिक्त क्रियाकलापका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र दिइएको थियो ।

प्रतिक्रिया