अनियमित हुदै गएको विद्युत सेवा सुधारका प्रजिअ र विद्युत कार्यालयका प्रमुखलाई अछामका संञ्चारकर्मिले बुझाए खाली कागज ।।

अनियमित हुदै गएको विद्युत सेवा सुधारका प्रजिअ र विद्युत कार्यालयका प्रमुखलाई अछामका संञ्चारकर्मिले बुझाए खाली कागज ।।



कमल रावल, असोज ५ अछाम
अछाम जिल्लाको विद्युत सेवा अनियमित हुदै गएको भन्दै अछाम जिल्ला स्थित संञ्चारकर्मिले प्रमुख जिल्ला अधिकारीको ध्यानआकर्षण गराएका छन । नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष जनकराज भण्डारीको नेतृत्वमा गएको संञ्चारकर्मिको टोलिले अव्यवस्थित र अनियमित हुदै गएको विद्युत सेवा सुधारका लागि सचेतनाका लागी निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषाल र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र अछामका प्रमुख रोशन कुमार ठाकुरलाई कोरो कागज हस्तान्तरण गरेका छन ।

Achhamगत भदौ १७ गते देखि अछामको मंगलसेन बजार, ओलिगाउ तथा कालिका क्षेत्रमा लामो समयदेखि विद्युत सेवा अनियमित हुदा पनि कार्यालयको ध्यान नपुगेको संञ्चारकर्मिले गुनासो गरेका थिए । केन्द्रिय लाईन विस्तार हुदा समेत अछामका छापा तथा ईलेक्ट्रोनिक संञ्चार माध्यामले निकै समस्या भोग्नु परेको बताएका थिए ।



विद्युत सेवा अनियमित हुनुमा कार्यालयका कर्मचारीको नै लापरवाही भएको उनिहरुले बताएका थिए । आगामि दिनमा विद्युत सेवा सुचारु हुन नसके यो पहिलो चरणको साकेतिक कार्यक्रम भएको र आगामि दिनमा समस्या समाधान हुन नसके थप कार्यक्रमलाई अगाडि बढाईने बताईएको छ । कार्यक्रममा खप्तड न्युज अछामका पुष्प राज भट्ट, रामारोशन दैनिकका प्रकाशक नरेश कुमार शाहीले जिल्लामा सञ्चार माध्यमले विद्युत नहुदा भोग्नु परेको समस्याको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषालले जिल्लामा विद्युत क्षेत्रमा थुप्रै समस्या भएकाले यसको समाधानका लागि पहल गर्ने बताएका थिए ।

यस्तै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र अछामका प्रमुख रोशन कुमार ठाकुरले सिमित स्रोत साधन र कर्मचारीको विचमा सेवा दिन परिरहेकाले थुप्रै समस्या आएको बताएका थिए । आफनो कर्मचारी मार्फत भएका कमि कमजोरीलाई सुधार्दै लैजानका पहल गर्ने बताएका थिए । जिल्लामा विद्युत सेवा अनियमित हुने ठाउमा जानलाई कर्मचारीलाई यातायातको साधनको अभाव जहिले पनि भईरहेको बताएका थिए । आगामि दिनमा सबै समस्या समाधानका लागि एक्लै विद्युत कार्यालयले केहि गर्न नसक्ने भएकाले सबैको साथ सहयोगको आवश्यकता रहेको बताएका थिए ।

प्रतिक्रिया