स्ववियु निर्वाचनको कार्यतालिका तोक्न माग

स्ववियु निर्वाचनको कार्यतालिका तोक्न माग

७ भदौ, काठमाडौं । स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गरी प्रकृया अगाडि बढाउन १३ विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयसँग माग गरेका छन् ।

उनीहरुले सर्वोच्च अदालतले गत भदौ ८ गते गरेको फैसला समेतलाई मध्यनजर गरी आइओएममा समावेशी आधारमा विद्यार्थी भर्ना गर्न पनि माग गरेका छन् ।

शुक्रबार विश्वविद्यालयका उपकुलपति प्रा.डा.तिर्थ खनियाालाई तीनबुँदे माग राख्दै विद्यार्थी संगठनका नेताहरुले आफ्ना तीन बुँदे माग राखेका हुन् ।

ज्ञापनपत्रमा स्ववियु निर्वाचनको प्रक्रिया अघि बढाउन, आइओएममा समावेशी आधारमा विद्यार्थी भर्ना गर्न र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजमा विद्यार्थी स्वास्थ्य विमा कार्यान्वयन गर्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै उपकुलपति प्रा.डा. खनियाँले आगामी फागुन १४ गते जुनसुकै हालतमा स्ववियु निर्वाचन गराउने दृढता ब्यक्त गरेको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

ज्ञापन बुझाउन नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, क्रान्तिकारी उपाध्यक्ष रञ्जित तामाङ लगायतका नेताहरु त्रिभुवन विश्वविद्यालय कीर्तिपुर पुगेका थिए ।

प्रतिक्रिया