ग्रामीण सडक मर्मत हुँदै

ग्रामीण सडक मर्मत हुँदै

jwala sandeshदैलेख, असोज ८ । दशै नजिकीए सँगै जिल्ला विकास समिति दैलेखले सबै गाबिसलाई आफ्नो क्षेत्रमा पर्ने सडक मर्मत गर्न निर्देशन दिएको छ ।
दशै सँगै घर बाहिर रहेकाहरु घर आउने क्रम बढेपछि जिल्ला विकास समितिले सबै ग्रामीण सडक मर्मतको योजना अगाडी सारेको स्थानीय विकास अधिकारी हरि प्याकुरेलले जानकारी दिए । यस वर्षको वर्षाले धेरै ठाउँमा सडक क्षति गरेको विवरण आएकाले सडकको अवस्था हेरी मर्मत गरिने उनले जानकारी दिए ।

“हामीले ४९ वटै गाबिसलाई सडक मर्मतका लागि चिठी पठाई सकेका छौ, दशैमा आउने सबै जिल्लाबासीलाई सहजरुपमा घर सम्म पुग्ने बातावरणको निर्माण हुन्छ” प्याकुरेलले भने । दशैं नेपालीहरुको सबैभन्दा ठूलो चाड भएकाले यस पर्वलाई विशेष रुपले मनाइन्छ । ग्रामिण सडक सञ्जालले जिल्लाका सबै गाविसलाई जोडेको भए पनि वर्षाको सयमा सडक विग्रने भएकाले ती गाविसमा मौसमीरुपमा यातयात सञ्चालन हुँदै आएको छ ।

यस वर्षको वर्षा अझै कम नहुदा खोलामा पानी नघटेकाले सबै ठाउँमा सडक सुधार गर्न समस्या भएको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत पदम सापकोटाले जानकारी दिए । हरेक बर्ष जिल्ला बिकास समितीले दशै अगाडी ग्रामीण सडक र्ममत गरि दैशैका लागि जिल्ला आउने जनतालाई घर सम्म सहज बनाउन सगक मर्मत गर्दै आएको थियो । वर्षात नरोकिएकाले मर्मत गरिएका सडकमा फेरी क्षति पुग्ने भएकाले दशैं अगावै जिविसले सडक मर्मत नगर्ने सोच बनाएको उनले बताए । एद्यपी वर्षात रोकिएपछि भने जिविसले सडक मर्मत गर्ने बताए । असोजको पहिलो हप्ता वितिसक्दा पनि दैलेखमा यस वर्ष मनसुनी वर्षा भइरहेको छ । जसका कारण विगतका वर्षहरुभन्दा यो वर्ष सडकमा धेरै क्षति पुगको छ ।

सदरमुकाम दैलेख बजारबाट नौमुले, छान्ना, बेस्तडा, डाँडीमाडी, खम्बगाडे, दुल्लु, लगायतका क्षेत्रमा मौसमीरुपमा यातायात सञ्चालन हुन्छ । यी क्षेत्रमा वर्षा लागेपछि यातायात अवरुद्ध हुनेगरेको छ । तर दशैंमा आवतजावत गर्नेको संख्या बढ्ने भएकाले दशै केन्द्रित सडक मर्मत गर्नुपर्ने सरोकारवाला बताउँछन् । १२ महिना यातायात सञ्चालन हुने दैलेख सुर्खेत सडक खण्डका विभिन्न क्षेत्रमा पनि क्षति पुगेको छ । जसका कारण यातायात जोखिमपूर्ण हुने गरेको छ ।

सडक मर्मतका लागि जिविसले गाविसलाई निर्देशन दिए पनि जिल्लाको मध्येमागमा पर्ने मध्यपहाडी लोकमार्गमा भने जिविस, नगरपालिका र गाविसले मर्मत गर्दैनन् । यो सडक मध्यपहाडी लोकमार्ग आयोजनाले मर्मत गर्नूपर्ने भए पनि सो आयोजनाले सडक मर्मतका लागि कुनै काम गरेको छैन । मध्ये पहाडीले दैलेखका धेरैजसो गाविसलाई सदरमुकामसँग जोड्छ । जिल्लाको महत्वपूर्ण यो माग मर्मत हुँदा यो दशैंमा यात्रुलाई मर्का पर्ने देखिएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया