प्रहरी कार्यलय नजिक नहुँदा चाेरि सगै सामाजिक विकृति वढ्याे

प्रहरी कार्यलय नजिक नहुँदा चाेरि सगै सामाजिक विकृति वढ्याे

दुर्गा वि.सी
सल्यानको पश्चिमी क्षेत्रमा दिनदिनै चोरीका घटना वढि रहेको छ । सल्यानको मुलखोला ४ शंखपिपलमा रहेको रत्न खाध्य स्टोरको सरसामन चोरी भएको १ महिना मै मुलखोला ८ राउँचेको घनश्याम वुढाको घरमा चोरी भएको छ ।

salyanवुढाको घरको अन्न पात तथा नगद रुपैयाँ चोरी भएको वताए । वुढा सहित स्थानीय ३ वटा घरमा चोरी भएको वताएको छ । घरमा कोहि नभएको मौका छोपि चोरी भएको जनाएको छ । यस क्षेत्रका स्थानीय वजार तथा गाउहरुमा चोरीसँगै मदिरा,तासको समेत विगविगी वढिरहेको छ । स्थानीय वजार र सरकारी कार्यलयहरु भएका ठाउहरुमा मदिरा सेवन गरेका व्यक्तिहरु प्रस्सत भेटिने गरेका छन् । दिनधारै सडक छेउछाउमा वसेर तास खेल्नेको सख्यामा क्रमिक वृद्धि भएको छ ।

त्यसै गरि मदिरा सेवन कर्ताले वजार तथा गाउँघरमा होहल्लाले हैरानी पार्ने गरेको स्थानीयको दुखेसो रहेको छ । स्थानीय वजारहरुमा समाजिक विकृतिका रुपमा मानिने जुवा तास तथा जाँड रक्सी सेवन कर्तालाई कडा कार्वाहि नहुदाँ दिन प्रतिदिन यस्ता विकृतीले प्रसय पाएको देखिन्छ । शंखपिपल वजार र सवै सरकारी कार्यलय भएको ठाउमा प्रहरी कार्यलय नजिक नहुदाँ वर्षेनी सरकारी कार्यलय, स्थानीय वजार चोरिको सिकार वनेको स्थानीय व्यापारिले वताउने गरेका छन् । मुलखोला ४ शंखपिपल वजारमा एउटै पसल ३ पटक चोरी हुदाँ समेत चोर फेला पर्न नसके पछि व्यापारि मनवीर वुढाले व्यपार गर्नै छाडेका छन् । मनविरको १ वर्ष अगाडि १ थान ल्यापटप,इलोक्ट्रोनिक्स सरसामान,सोलार गरि २ लाख वढि सामन चोरी भएको थियो ।

प्रतिक्रिया