प्रहरी मेरो साथी हातोमालो सप्ताह सुरु

प्रहरी मेरो साथी हातोमालो सप्ताह सुरु

दैलेख, असोज ९ । दैलेखमा प्रहरी मेरो साथी हातेमालो सप्ताह एक विशेष कार्यक्रमका बीच सुरु भएको छ । जिल्ला न्यायधीश प्रकाशप्रसाद पण्डीतले आइतबार दैलेख सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयको प्रांगणमा सप्ताहको उद्घाटन गरेका छन् ।

policeआमजनताको शान्ति सुरक्षा व्यवस्थाको जिम्मा लिएको प्रहरीलाई जनतासँग साथीको रुपमा समन्वय गराउने उद्देश्यले प्रहरीले प्रहरी मेरो साथी कार्यक्रम ल्याएको हो । प्रहरी मेरो साथी कार्यक्रमले आम नागरिकलाई प्रहरीप्रतिको धारणामा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ । कार्यक्रममा दैलेख प्रहरी प्रमुख डिएसपी केदार रजौरेले यो कार्यक्रमले जनतामा सकारात्कम परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनले बालबालिकामा प्रहरीप्रति रहेको नकारात्मक धारणामा परिवर्तन ल्याउन आवश्यक रहेको बताए । उनले दैलेखस्थित प्रहरीका सबै इकाईमा प्रहरी मेरो साथी हातोमालो सप्ताह आइतबारै सुरु भएको जानकारी दिए । उनले कवितामाफर्तन पनि प्रहरी आमनागरिकबीचको सम्बन्धबारे चर्चा गरेका थिए ।

कार्यक्रमा नेकपा एमालेका उपाध्यक्ष प्रेमबहादुर थापा, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष नमनकुमार शाहीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले प्रहरी र आमजनताबीच साथीको सम्बन्ध बनाउन यो कार्यक्रम सफल हुने विश्वास व्यक्त गरेका थिए । लोकतन्त्रको बहालीपछि सुरक्षा निकाय अलि खुला रुपमा जनसम्पर्क बढाउँदै आएका छन् । यसैअनुरुप प्रयाः गोप्य रहने प्रहरी पनि जनतासँग हातोमालो गर्ने दिशामा अगाडी बढेको छ । सप्ताह भरी विभिन्न कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया