लागुऔशध दुव्र्यसनीलाई परामर्श

लागुऔशध दुव्र्यसनीलाई परामर्श

दैलेख, असोज ११ । “प्रहरी मेरो साथी“ कार्यक्रम अन्तरगत “नागरिक प्रहरी हातेमालो सप्ताह कार्यक्रम“को तेस्रो दिन मंगलबार लागु पदार्थ र मादक पदार्थ सेवनकर्ताहरुलाई मनोवैज्ञानिक परामर्श दिइएको छ । जि.प्र.का.दैलेखको प्राङगणमा जि.प्र.का.,कानुनी सहायता केन्द्र दैलेख, जिल्ला वार इकाई दैलेखको संयुक्त आयोजनामा नागरिक प्रहरी हातेमालो सप्ताह कार्यक्रमका संयोजक एंव सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रेम बहादुर थापाको अध्यक्षतामा आयाजित कार्यक्रममा दुव्र्यसनीलाई मनोवैज्ञानिक परामर्श दिइएको हो ।

२० जना लागु औषधरमादक पदार्थ दुर्व्यसनीको सहभागितामा मनोवैज्ञानिक परामर्श कार्यक्रम गरिएको जिप्रका दैलेखले जनाएको छ । पुर्व दुर्व्यसनी विनोद खड्काले प्रशिक्षण दिएका थिए । लागु पदार्थ, मादक पदार्थ दुर्व्यसनीको उपहार पहिलो प्रहरी हिरासत, दोस्रो अस्पतालको शैया, तेस्रो अन्तिम मृत्युको शैया भन्दै खड्काले दुव्र्यसनीमा परेकालाई सामान्य जीवन यापन गर्न सुझाव दिएका थिए । कार्यक्रममा विशेष अतिथी जिल्ला बार इकाईका अध्यक्ष यमराज थापा, प्रमुख अतिथि जि.प्र.का.प्रमुख प्र.ना.उ.केदार रजौरे, तथा मुल समारोहका संयोजक तथा अध्यक्ष थापाले लागु पदार्थ नियन्त्रण, असर र यसबाट बच्ने उपाएका बारेमा आ आफ्नो मन्तव्य व्यक्त गरेका थिए । दुर्व्यसनीहरु बाट सोधिएका विभिन्न प्रश्नहरुको जवाफ मुख्य प्रशिक्षक एवं पुर्व दुर्व्यसनी खड्काले दिएका थिए ।

जिल्ला कारागार दैलेखमा रहेका करिव १४० जना कैदी थुनुवाहरु लाई समेत लागु औषध,मादक पदार्थ दुर्व्यसनी सम्बन्धि कानुनी सहायता केन्द्रका अध्यक्ष मातृका खनालज्यूको अध्यक्षतामा पुर्व लागु पदार्थ दुर्व्यसनी खड्काले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया