हाम्रो श्रमको राज्यले सम्मान गनुपर्छ : ज्येष्ठ नागरिक

हाम्रो श्रमको राज्यले सम्मान गनुपर्छ : ज्येष्ठ नागरिक

१५ असोज, दैलेख । यूवा अवस्थामा देशका लागि खर्चेको श्रमको सम्मान सरकारले गर्नुपर्ने ज्येष्ठ नागरिकले माग राखेका छन् । राज्यले जेष्ठ नागरिकलाई सम्मान दिन नसकेको भन्दै इतिहासको सम्मान गर्नुपर्ने बताएका हुन् ।


jesth nagarik“देशको विकासका लागि यूवा अवस्थामा अहिलेका धेरै ज्येष्ठहरुले श्रम गरेर योगदान दिएका छन् , यसको मुल्याकन गर्दै राज्यले सम्मान गर्नुपर्छ” ज्येष्ठ नागरिक देवेन्द्रबहादुर थापाले भने । ज्येष्ठ नागरिकको सम्मानित जीवनका लागि उनीहरुको अधिकार सुनिश्चित गुर्नपर्ने जेष्ठ नागरिक संघका पूर्व अध्यक्ष खड्कबहादुर सिजापतीले बताए । ज्येष्ठ नागरिकको हक, हित र अधिकार प्रवद्र्धन गर्दै ज्येष्ठ नागरिकको सामाजिक न्याय तथा सुरक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध हुनुपर्ने बताए ।

जिल्ला विकास समितीका योजना अधिकृत पदम सापकोटाले ज्येष्ठ नागरिक सँगको ज्ञान र सीपलाई समाजको विकास तथा समृद्धिका लागि उपयोग गर्नुपर्ने बताएका छन् ।् ‘ ज्येष्ठ नागरिकहरुले आर्जन गरेका ज्ञान, सीप र अनुभवलाई राज्यले राष्ट्रिय विकासमा परिचालन गर्नुपर्ने नीति आवश्यक रहेको’ सापपकोटाले बताए ।

ज्येष्ठ नागरिक संघका पूर्व अध्यक्ष इन्दिरा थापाले जेष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि राज्यले हाल प्रदान गरेको सुविधा तथा सहुलियत पर्याप्त नभएपनि एउटा असल परम्पराको थालनी भएको भन्दै प्रसंसा गरिन । आगामी दिनमा यसलाई सम्मानजनक जीवन जिउन सक्ने गरी क्रमशः बिस्तार गर्दै जाने कुरामा सरकारले विशेष ध्यान दिने थापाले सरकर सँग अग्रह समेत गरेकि छिन् ।

ज्येष्ठ नागरिक जिल्ला शाखाले जिल्ला भरीका सबै ज्येष्ठ नागरिकलाई गोलबन्द गर्दै सबैका समस्याको समाधान जोज्न पहल नर्गुपर्ने सुझब ज्येष्ठ नागरिकको छ । समाजमा ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरि ज्येष्ठ नागरिकलाई सम्मान दिने बातावरणको श्रजना गर्नुपर्नेमा सरोकारवालाहरुको जोड रहेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागी सरकराले गरेको योगदान सम्मान योग्य भए पनि अझै प्रयाप्त नभएको ज्येष्ठ नागरिक संघले जनाएको छ । “हामी समाजमा आत्म सम्मानका साथ बस्न चाहन्छौ, अझै पनि ज्येष्ठ नागरिरकको सम्मान हुन सकेको छैन सरकारको ध्यान जाओेस” ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष विरबहादुर भण्डारीले भने ।

संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टुबर १ लाई अन्तर्राष्ट्रि जेष्ठ नागरिक दिवसको रुपमा मनाउन प्रस्ताव गरेको थियो । सोही अनुरुप विश्वभर अक्टुबर १ तारिखका दिन ज्येष्ठ नागरिक दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा शनिबार दैलेखमा सामाजिक सेवा केन्द्रले एक कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया