दैलेखमा सुआहारा २ लागु

दैलेखमा सुआहारा २ लागु

दैलेख, असोज १७ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसआईडीको आर्थिक सहयोगमा हेलेन केलर इन्टर नेसनल र एभ्रेष्ट क्लब दैलेखको साझेदारीमा दैलेखमा सुआहारा २ परियोजना सुरु भएको छ । सरकारको बहु क्षेत्रिय पोषण कार्यक्रमको नीतिअनुसार अमेरिकी आर्थिक सहयोगमा दोस्रो चरणको परियोजना सुरु भएको हो ।

सुआहारा २ दैलेखले सोमबार दैलेखमा परियोजनाबारे पूर्व जानकारी गराएको छ । जिल्ला विकास समिति र सुआहारा २ को आयोजनामा परियोजना अभिमुखीकरण गोष्ठी गरिएको हो । जिल्लास्थित सरोकारवाला निकायसँगको समन्वयमा जिल्लाका २ नगरपालिका र ४९ गाविसमा परियोजना लागु भएको छ । जिविस, जिल्ला स्वास्थ्य, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कृषि विकास र पेशु सेवा कार्यालयसँगको समन्वयमा परियोजना कार्यान्वयन हुने सुआहारा २ दैलेखका परियोजना संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए । सुआहारा २ हेलेन केलर इन्टरन्यासनलले गर्दै आएको मातृ तथा शिशु पोषण सुधारको काममा थप सहयोग गर्न पाँच वर्षका लागि युएसर्आडीले ६ करोड ३० लाख डलर दिने जनाइएको छ । कार्यक्रमले शिक्षा, पानी, सरसफाइ सुधार, स्वास्थ्य सेवामा पहुँच तथा करेसाबारी कुखुरा पालन र तरकारी खेतीका माध्यमबाट पोषण सुधारलाई निरन्तरता दिनेछ ।

परियोजनाले पोष स्थितिमा सुधार ल्यान व्यवहार परिवर्तनका लागि चेतामुलक कार्यक्रम गर्ने जनाइएको छ । यस्तै किशोरी, गर्भवती, सुत्केरी र शिषुको पोषणममा सुधारका लागि परियोजनाले काम गर्ने जनाइएको छ । जिल्लामा पोषणको अवस्थामा सुधार ल्याउन परियोजना सफल हुने जिल्ला विकास समिति दैलेखका स्थानीय विकास अधिकारी हरी प्याकुरेलले बताए । कार्यक्रममा उनले भने, यो कार्यक्रमले पहिलो चरणमा राम्रो गरेको हो, दोस्रोमा पनि राम्रो गर्ने विश्वास लिएको छु । उनले गैरसरकारी संस्थाले सरकारी लायन एजेन्सीसँग समन्वय गरेरमात्र परियोजना सञ्चालन गर्नुपर्ने बताए । उनले गैरसरकारी संस्थाले सरकारी एजेन्सीलाई विश्वासमा लिनुपर्ने बताए ।

कार्यक्रममा परियोजनाले आगामी ५ वर्षसम्म जिल्लामा गर्ने कार्यक्रमबारे जानकारी दिइएको थियो । पहिलो चरणमा सामाजिक परिचालन गरेको एभ्रेष्ट क्लबले दोस्रो चरणमा पनि सामाजिक परिचालनको जिम्मेवारी पाएको छ । परियोजना खास गरी मातृ तथा शिषुको पोषणमा केन्द्रित हुनेछ ।

प्रतिक्रिया