लोकमानको घरमा सर्वोच्चले म्याद टाँस्ने

लोकमानको घरमा सर्वोच्चले म्याद टाँस्ने

१९ असोज, काठमाडौं । सर्वोच्च अदालतको टोली अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको घरमा म्याद (सूचना) टाँस्न हिँडेको छ ।

कार्कीको नयाँबानेश्वरस्थित घरमा म्याद टाँस्न लागिएको हो । कार्कीको नियुक्तिको निर्णय पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्कीले म्याद बुझ्न अस्वीकार गर्दै आएका थिए ।

अब उनलाई सुचित गर्न घरमै म्याद टाँस्ने निर्णय भएको छ ।

सूचना टास्ने क्रममा काठमाडौं महानगरपालिकाको सम्वन्धित वडा सचिवको रोहबरमा मुचुल्का उठाइनेछ । यसले म्याद कार्कीले बुझे सरह हुने अदालतले जनाएको छ ।

कार्की भने अख्तियारको आवासमा बस्दै आएका छन् । बानेश्वरस्थित घर भने भाडामा दिएका छन् ।

 

प्रतिक्रिया