पोष्टमार्टमको लागि लास लिदै गरेको जिप दुर्घटना

          |   प्रकाशित मितिः बिहिबार, अशोज २०, २०७३     ::: 250 पटक पढिएको   |  

दुर्गा वि.सी
सल्यानको मुलखोला ९ मैनेनीबाट विषादी खाएर मृत्यु भएको नोखे पुनकाे लास पोष्टमार्टमको लागि सुर्खेत लिदै गरेको जिप दुर्घटनामा परेको छ । राती १ वजेको समयमा सुर्खेतको भेरीगंगा नगरपालीका १ मदानेचौरमा भे १ च १९४३ नम्बरको वलेरो जिप सडक किरनारको रुखमा ठोकिदाँ जिप पल्टीएको वताएको छ । सुर्खेत छिन्चु प्रहरी पोष्टका अनुसार चालक सुतेका कारण जिप पल्टीएको जनाएको छ । पोष्टमार्टमको लागि लास लिएर सुर्खेत जाँदै गर्दा जिपमा सवार ११ जना घाईते भएका छन् । बाँके बागेश्वरी ९ वस्ने वर्ष ५० कि मंगली वुढा,गाडि मालिक सुर्खेत ८ राकम ठिग्नीका ३९ वर्षिय भोविन्द्र वि.सी, जिप चालक दिपक वुढा गम्भीर घाईते भएका छन् । घाईते सवैको क्षेत्रिय अस्पताल सुर्खेतमा उपचार भएको छ भने अन्य घाईतेको नाम खुल्न नसके पनि अवस्था समान्य रहेको वताएको छ ।



Leave a comment

Your email address will not be published.


*