मध्य पहाडि राजमार्गको विवाद सुल्झियो

मध्य पहाडि राजमार्गको विवाद सुल्झियो

दैलेख ४ । कार्तिक–मध्यपहाडी राजमार्ग अन्तर्गत लामो समयदेखि रोकिएको सदरमुकाम छिचोल्ने सडक निर्माण कार्यको विवाद वुधवार देखि सुल्झिएको छ । सदरमुकामको पुर्वपट्टी छात्रावास क्षेत्रदेखि पश्चिमपट्टी जाहरकोट गाउसम्म जोड्ने करीव डेढ किलोमिटर सडकको लामो विवादका कारण निर्माण कार्य शुरु हुन सकेको थिएन ।

जिल्लास्तमा पटक पटक सर्वपक्षिय छलफलपछि टुंगो लगाईएको भएपनि वुधवारदेखि मात्र सडक निर्माण कार्यको थालनीसंगै राजमार्गले निकास पाएको हो । काडेचौरस्थित नेपाली सेनाको क्षेत्रनजिक भएर उक्त सडक खोलिएपछि अव अवरोध सकिएको र राजमार्गको ट्रयाक जोडिएको वुझिएको छ ।

स्थानीयबासीले जग्गा दिएपनि नेपाली सेनाको जग्गासम्वन्धी कानुनी प्रक्रिया पुर्याउनुपर्ने भएकाले ढिलाई भएको सडक आयोजनाले जानकारी दिएको छ । नेपाली सेनाले दिएको निकासपछि जिल्लामा अबरोध मानिएको उक्त सडकखण्डको चौडाई १८ मिटर भन्दा नबढाउने सर्तमा यसअघि नै जग्गाधनीले सहमति दिएसंगै सडक निर्माण कार्यमा काममा सहजता आएको थियो । पूर्वको पाँचथरबाट पहाडै–पहाड डडेल्धुरा पुग्ने १७ सय किलोमीटरको मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेखमा मात्रै एक सय १० किलो मिटर पदर्छ ।

सो राजमार्गको दुरीमा पर्ने ७ वटा पक्की पुलको निर्माण अन्तिम चरणमा पुगेको पनि वुझिएको छ । आर्थिक वर्ष २०६४÷०६५ देखि वैकल्पिक मार्गका रुपमा निर्माण थालिएको राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग स्थानीयवासीको अवरोधका कारण दैलेख सदरमुकामबाट जोड्न सकिएको थिएन । अवरोधकर्ताले प्रभावित क्षेत्रका बासिन्दालाई आयोजनाले पुर्याउने क्षति, वातावरणीय अध्ययन, मुआब्जालगायतका विषयमा जानकारी नै नगराएर निर्माण कार्य थालिँएको भन्दै अवरोध हुदै आएको थियो । सबै विवाद समाधान भएर राजमार्गको काँडाचौर खण्डमा नयाँ ट्रयाक खोलिएको र फराकिलो वनाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जानकारी दिए ।

लामो समयदेखि दैलेख सदरमुकाम छिचोलेर कतावाट लैजाने भन्ने विषयमा विवाद भए पनि अहिले सबै समस्या सकिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । सडकको चौडाई लगाएत राजमार्ग निर्माणको आधिकारिक मापदण्ड आम नागरिकलाई बुझाउने, राजमार्ग निर्माण सँगै शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, वृक्षारोपण लगाएत सडक संरक्षणका कार्यक्रमहरु संगसंगै अगाडि वढाउने, सडक निर्माणका क्रममा घर जग्गा क्षेतीपुर्तिको मापदण्ड, मापदण्ड अनुसार मुआब्जा उपलब्ध गराउन, राजमार्ग अन्र्तगत निर्माण भैसकेको सडकमा गाडी नियमित संचालन गर्र्न मर्मतलाई प्राथमिकता दिनुपर्ने लगाएतका महत्वपूर्ण सुझाव दिदै आईरहेका छन् ।

प्रतिक्रिया