दैलेखमा ८ देखि ११ स्थानीय इकाई बन्ने

दैलेखमा ८ देखि ११ स्थानीय इकाई बन्ने

दैलेख, कात्तिक ५ । स्थानीय निकाय पुनःसंरचना आयोगले स्थानीय निकाय पुनःसंरचना सम्बन्धि नयाँ कार्यविधि तयार पारेको छ । नयाँ कार्यविधिअनुसार देशभरका लागि स्थानीय ईकाईको संख्या पनि तोकेको छ ।

नयाँ संख्याअनुसार दैलेखमा न्युनतम ८ र अधिकतम ११ वटा स्थानीय इकाई बनाउन सकिने आयोगले मापदण्ड तोकेको छ । ४९ गाविस र २ नगरपालिका रहेको दैलेखमा यसअघि ५ नगरपालिका र ३ गाउँपालिका बनाउने वा ११ इलाकालाई नै स्थानीय निकाय बनाउने जिल्लास्थित प्राविधिक समितिले सिफारिस गरेको थियो । दैलेखस्थित राजनीतिक दलहरुले नेपाली काँग्रेसको नीतिअनुसार जिल्लामा ११ वटा ईलाकालाई नै स्थानीय इकाई बनाउनुपर्ने अनुरोध गरेका थिए । आयोगको नयाँ मापदण्डले दैलेखको मागलाई सम्बोधन गरेको देखिएको छ ।

आयोगको नयाँ मापदण्डअनुसार देशभर ५ सय ७ देखि ७ सय ४४ वटासम्म स्थानीय ईकाई बनाउन सकिनेछ । आयोगले आगामी मंसिरभित्र सरकारलाई प्रतिवेदन बुझाउनेसमेत तयारी गरेको छ । आयोगले जिल्लास्थित प्राविधिक समितिलाई यही कात्तिक २० गतेसम्म प्रतिवेदन पेस गर्न निर्देशनसमेत दिएको छ । प्राविधिक समितिले तोकिएको मितिमा प्रतिवेदन बुझाउन नसके आयोगले मंसिरमा सरकारलाई प्रतिवेदन बुझाउन नसक्ने जनाएको छ ।

मंसिरसम्म आयोगले प्रतिवेदन नबुझाए आगामी चैतमा गर्ने भनिएको स्थानीय निकायको निर्वाचन पनि अन्योलमा पर्नेछ । आगामी माघ ८ गते सम्म स्थानीय, प्रादेशिक, प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन गर्नुपर्ने हुन्छ । यदि यो मितिसम्म यी निर्वाचन भएनन् भने नयाँ संविधान कार्यान्वयनमा गतिराृृेध उत्पनन भइ राजनीतिक तथा संवैधानिक संकट हुनेसक्ने अवस्था छ ।

प्रतिक्रिया