नेपाल दक्षिण एसियामै राम्रो कानुनी राज्य भएको देश

नेपाल दक्षिण एसियामै राम्रो कानुनी राज्य भएको देश

८ कात्तिक, काठमाडौं । नेपाल दक्षिण एसियामा सबैभन्दा राम्रो कानुनी राज्य भएको देश भएको एक अध्ययनले देखाएको छ । विश्वका ११३ देशको सूचीमा भने नेपाल ६३ औं स्थानमा छ ।

वर्ल्ड जस्टिस प्रोजेक्टले रुल अफ ल इन्डेक्स २०१६ सार्वजनिक गरेको छ । जसमा दक्षिण एसियाली देशहरुमा नेपाल शीर्ष स्थानमा परेको छ । भारत पनि नेपालभन्दा ३ नम्बर पछाडि अर्थात् ६६ औं स्थानमा छ । यस्तै श्रीलंका ६८, बंगलादेश १०३ र पाकिस्तान १०६ औं स्थानमा छन् ।

पाकिस्तान भने अफगानिस्तान, इथियोपिया, जिम्बाब्बे, क्यामरुन, इजिप्ट, कोलम्बिया र भेनेजुयलाभन्दा मात्र माथि छ ।

विश्वभरमा सबैभन्दा राम्रो कानुनी राज्य भएको देश भने डेनमार्क बनेको छ । नर्वे दोस्रो स्थानमा परेको छ भने तेस्रो स्थानमा फिनल्याण्ड छ ।

यसैगरी रुल अफ ल इन्डेक्समा बेलायत १० औं र अमेरिका १८ औं नम्बरमा परेका छन् ।

 

प्रतिक्रिया