प्रहरीलाई ३ रोपनी जग्गा दान

प्रहरीलाई ३ रोपनी जग्गा दान

दैलेख, कात्तिक १३ । इलाकका प्रहरी कार्यालय राकमकर्णालीका लागि तिलेपाटा ७ का दुईजनाले जिल्ला प्रहरी कार्यालय दैलेखलाई ३ रोपनी जग्गा दान गरेका छन् । इलाका प्रहरी कार्यालयको भवन निर्माणका लागि उनीहरुले सो जग्गा निःशुल्क दान गरेका हुन् ।

तिलेपाटा गाविस ७ निवासी दिलबहादुर बडुवाल र हर्कबहादुर बडुवालले जग्गा दान गरेपछि सो स्थानमा इप्रकाको नयाँ भवन बन्ने बाटो खुलेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखमा शनिबार आयोजित एक कार्यक्रममा जग्गादाता दुईजनालाई सम्मान गरिएको छ । प्रमुख जिल्ला अधिकारी लकुबहादुर क्षेत्री, स्थानीय विकास अधिकारी हरि प्याकुरेल, प्रहरी नायव उपरिक्षक केदार रजौरे र विभिन्न राजनीतिक दलका प्रमुखले बडुवाल बन्धुलाई जग्गा दान गरि समाजसेवी काम गरेको भन्दै सम्मान गरेका थिए । प्रजिअ क्षेत्रीले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
बडुवाल बन्धुले शुक्रबार सो जग्गा प्रहरीको नाममा रजिस्ट्रेसन पास गरेका थिए ।

प्रतिक्रिया