असन्तुस्टलाई झुक्याउने दलहरुको प्रयास

असन्तुस्टलाई झुक्याउने दलहरुको प्रयास

समितिको निर्णय यथावत

दैलेख, कात्तिक २० । स्थानीय निकाय पुनःसंरचना आयोग अन्तगर्तको जिल्लास्थित प्राविधिक समितिको निर्णयमा असन्तुष्ट भएकाहरुलाई झुक्याउन जिल्लास्थित राजनीतिक दलहरुले छुट्टै खाका बनाएका छन् । समितिले जिल्लामा ४ वटा नगरपालिका र ७ वटा गाउँपालिका बनाउन सिफारिस गरेपछि मालिका गाविसका स्थानीयवासीले विरोध जनाएका थिए ।Map Of Dailekhउनीहरुको मागलाई सम्बोधन गर्न भन्दै शनिबार बसेको दलहरुको बैठकले जिल्लामा १० वटा स्थानीय निकाय बनाउन माग गरेको छ । दलहरुले क्षेत्र नम्बर १ मा २ नगरपालिका र ३ गाउँपालिका तथा क्षेत्र नम्बर २ मा ३ नगरपालिका र २ गाउँपालिका बनाउन माग गरेका छन् । क्षेत्र नम्बर १ का सांसद अमरबहादुर थापाको अध्यक्षतामा बसेको दलहरुको बैठकले यस्तो निर्णय गरेपनि प्राविधिक समितिले यो निर्णयलाई भने आफ्नो प्रतिवेदनमा नसमेटको स्रोतले जनाएको छ । समितिले प्रतिवेदन पठाइसकेकाले दलहरुको निर्णयलाई मागका रुपमामात्र पठाउन सकिने समितिले जनाएको छ ।

स्थानीय निकाय पुनःसंरचना आयोग अन्तगर्तको जिल्लास्थित समितिले जिल्लामा ४ नगरपालिका र ७ गाउँपालिका बनाउन आयोगमा सिफारिस गरेको छ । स्थानीय तह पुनःसंरचना आयोगले जिल्लामा ११ वटासम्म स्थानीय इकाई बनाउन मापदण्ड बनाएअनुसार स्थानीय इकाईको निर्माण गर्न प्राविधिक समितिले सिफासिर गरेको समितिका संयोजक तथा स्थानीय विकास अधिकारी हरि प्याकुरेलले बताए । राजनीतिक दलको सुझावका आधारमा शुक्रबार बसेको प्राविधिक समितिको बैठकले जिल्लाको खाका अनुमोदन गरि आयोगमा शुक्रबारै प्रतिवेदन पठाएको समिति स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार क्षेत्र नम्बर १ मा १ नगरपालिका र ५ वटा गाउँपालिका तथा क्षेत्र नम्बर २ मा ३ नगरपालिका र २ गाउँपालिका बनाउन सिफारिस गरिएको । क्षेत्र नम्बर १ मा नारायण नगरपालिका, महाबु गाउँपालिका, नौमुले गाउँपालिका, भगवतीमाई गाउँपालिका, डुंगेश्वर गाउँपालिका र गुराँस गाउँपालिका बनाउन सिफारिस गरिएको छ । हालको नारायण नगरपालिकामा विन्ध्यावासिनी, भवानी र खरिगैराको ८ र ९ नम्बर वडा गाभेर नारायण नगरपालिका बनाउने निर्णय भएको छ । यस नगरपालिकाको केन्द्र हालकै रहने छ । यो नगरपालिकाको जनसंख्या २७ हजार ३७ रहेको छ ।

यस्तै काँशिकाँधको वडा नम्बर ८ बाहेक, रानीवन, बाँसी र बडाखोला र खरिगैराको ८ र ९ नम्बर वडा बाहेकलाई गाभेर महाबु गाउँपालिका बनाइने छ । यसको केन्द्र गैँडाबाज रहने छ । यो गाउँपालिकाको जनसंख्या १९ हजार २ सय ७७ रहेको छ । तोली, नौमले, बालुवाटार, कालिका, द्धारी, सल्लेरी र चौराठा गाभेर नौमुले गाउँपालिका बनाउने सहमति भएको छ । यसको केन्द्र नौमुले रहने छ । यसको जनसंख्या २० हजार ८ सय २ रहेको छ । यस्तै पगनाथ, जगनाथ, महेलतोली रुम, कट्टी र बडाभैरव गाभेर भगवतीमाई गाउँपालिका बनाइने छ । यसको केन्द्र बेस्तडा रहने यस गाउँपालिकाको जनसंख्या १८ हजार ७ सय ७८ रहेको छ ।

लाँकुरी, बेलपाटा, डाँडापराजुल र अवलपराजुल गाभेर बन्ने डुंगेश्वर गाउँपालिकाको केन्द्र डाँडापराजुल बनाउने सहमति भएको छ । शेष गाउँपालिकाको रुपमा सिफारिस यस गाउँपालिकामा १५ हजार ८ सय ८३ जनसंख्या रहेको छ । यस्तै लालीकाँडा, पिलाडी, गोगनपानी, सेरी, बराह र खड्गवाडा गाभेर बनाइने गुराँस गाउँपालिकाको केन्द्र भटुकेनीचौर राख्ने सहमति भएको छ । यसको जनसंख्या २२ हजार २३ रहेको छ ।
क्षेत्र नम्बर दुईमा दुल्लु नगरपालिकामा मालिका, गौरी, कालभैरव र गमौडी गाभेर दुल्लु नगरपालिका बनाउने र यसको केन्द्र हालकै दुल्लुलाई बनाउने सहमति भएको छ । यसको जनसंख्या ४३ हजार ८ सय ४० रहेको छ । यस्तै जम्बुकाँध, चामुन्डा र लयँटीविन्द्रासैनी गाभेर चामुण्डा विन्द्रासैनी नगरपालिका बनाउने र यसको केन्द्र पोखरीखाल बनाउने सहमति भएको छ । यसको जनसंख्या २६ हजार १ सय ४९ रहेको छ । राकमकर्णाली, सात्तला, तिलेपाटा, सिँगौडी, पिपलकोट र सिँहासैन गाभेर आठविस नगरपालिका बनाउने सहमति भएको छ । स्रोतका अनुसार राकमकर्णाली केन्द्र रहने यस नगरपालिकाको जनसंख्या २९ हजार २ सय २७ रहेको छ ।

 लकान्द्र, विशाला र तोलीजैसी गाभेर ठाँटीकाँध गाउँपालिका बनाउने निर्णय भएको छ । ठाँटीकाँध केन्द्र रहने यसको जनसंख्या १८ हजार ८ सय ९६ रहेको छ । यस्तै रावतकोट, भैरीकालिकाथुम, कुसापानी, दुल्लु १० को आधा वडा र काँशिकाँध गाविसको ८ नम्बर वडालाई गाभेर भैरवी गाउँपालिका बनाउने सहमति भएको छ । यसको केन्द्र सिलंगी रहनेछ । यसको जनसंख्या १८ हजार ९ सय ३३ रहेको छ । समितिले सिफारिसि गरेअनुसार दैलेखमाा ८९ वडा हुनेछन् । क्षेत्र नम्बर १ मा ४४ र २ मा ४५ वडा रहने समितिले जनाएको छ ।

प्रतिक्रिया